दार्चुलामा चन्द समूह निकट विद्यार्थी नेता पक्राउ
<p>दार्चुला। नेत्रविक्रम चन्द समूह निकट दुई विद्यार्थी नेतालाई जिल्ला प्रहरी कार्यालय दार्चुलाले २० मंसीर राति पक्राउ गरेको छ।</p>
<p>१८ मंसीरमा लेकम गाउँपालिका–१ काे वडा कार्यालयको साइनबोर्ड मेटाएर चन्द समूहको नाम लेख्नमा संलग्न रहेको भन्दै प्रहरीले खोजी गरिरहेका उनीहरूलाई शैल्यशिखर नगरपालिका–१, शिखर बलाँचबाट पक्राउ गरेको हो।</p>
<p>पक्राउ पर्नेमा लेकम–१, सर्मौलीका २० वर्षीय जीवनबहादुर विष्ट र बैतडी पुर्चौडी नगरपालिका–१० का २१ वर्षीय प्रेम महरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्