साग क्रिकेटः जित्नैपर्ने खेलमा नेपाल बंगलादेशसँग पराजित, स्वर्णको दौड समाप्त
काठमाडाैं। नेपाली क्रिकेट टोलीले बंगलादेशलाई जित्नैपर्ने खेलमा ४४ रनको हार व्यहोरेको छ। योसँगै १३औं दक्षिण एशियाली खेलकुद (साग) मा क्रिकेटमा स्वर्ण जित्ने नेपालको आशा पनि समाप्त भएको छ।

बंगलादेशसँग पराजित भएपछि नेपाल फाइनल पुग्ने दौडबाट बाहिरिएको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बंगलादेशले दिएको १५६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा १११ रनमात्र बनाउन सक्यो।

कप्तान ज्ञानेन्द्र मल्लले ४३, उपकप्ताद दीपेन्द्रसिंह ऐरीले १६ र अविनाश बोहराले १३ रन बनाए पनि अन्य व्याट्सम्यानले दोहोरो अंक छुन नसक्दा नेपाल लक्ष्यबाट टाढै रह्यो।

यसअघि बंगलादेशले २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो। बंगलादेशका नजिमुल हसनले ५२ रन बनाए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्