काठमाडौं। भारतले आजबाट कोरोना भाइरसविरूद्धको खोप अभियान सुरू गर्दै छ। विश्वकै सबैभन्दा ठूलो खोप अभियानको रूपमा सुरू गर्न लागिएको उक्त अभियानको आज १० बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार पहिलो दिन आज तीन लाखभन्दा बढी स्वास्थ्यकर्मीलाई कोभिड-१९ विरूद्धको खोप दिइने छ।
खोप अभियानअन्तर्गत पहिलोचरणमा एक करोड स्वास्थ्यकर्मीका साथै दुई करोड फ्रन्टलाइनमा रहेर काम गर्ने कामदारहरूलाई खोप दिइने छ। त्यसपछि ५० वर्षभन्दा माथि उमेर समूहका तथा गम्भीर बिरामी गरी करिब २७ करोड व्यक्तिलाई खोप दिइने जनाइएको छ।
भारतमा अनुमति दिइएकामध्ये दुईवटा खोप कोभिशिल्ड र कोभ्याक्सिन देशभर पठाइसकिएको छ। खोप अभियान देशैभर एकसाथ सुरूआत गरिने छ। यसका लागि सबै राज्य र केन्द्रशासित प्रदेशहरूमा कूल तीन हजार ६ वटा खोप केन्द्र स्थापना गरिएको छ।
राजास्थानको जयपुर सवाईमान सिंह मेडिकल कलेजका प्रिन्सिपल सुधीर भण्डारीलाई पहिलो खोप दिइने छ भने मध्येप्रदेशका एक अस्पतालका सुरक्षागार्ड र एक सहायकसमेत पहिलो खोप लिने व्यक्ति हुने छन्।
भारत कोरोना भारइरसको संक्रमित संख्या धेरै हुने मुलुकको दोस्रो स्थानमा रहेको छ। भारतभन्दा अगाडि अमेरिका रहेको छ।
भारतमा हालसम्म एक करोड पाँच लाख ४३ हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइसकेको छ। त्यहाँ कोरोना संक्रमणबाट एक लाख ५२ हजार १३० जनाले ज्यान गुमाइसकेका छन् ।
भारतमा हाल दुई लाख १२ हजारभन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेको तथ्यांक छ।
(एजेन्सीहरुकाे सहयाेगमा)
" /> काठमाडौं। भारतले आजबाट कोरोना भाइरसविरूद्धको खोप अभियान सुरू गर्दै छ। विश्वकै सबैभन्दा ठूलो खोप अभियानको रूपमा सुरू गर्न लागिएको उक्त अभियानको आज १० बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने छन्।भारतीय सञ्चारमाध्यमका अनुसार पहिलो दिन आज तीन लाखभन्दा बढी स्वास्थ्यकर्मीलाई कोभिड-१९ विरूद्धको खोप दिइने छ।

">