कर्मचारीलाई प्रलोभनमा नपर्न मन्त्री अर्यालको निर्देशन
पोखरा। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कर्मचारीको कुशलता मूलद्वारबाटै झल्किनुपर्ने बताएकी छन्।

नापी विभाग, भूमि व्यवस्थापन तथा अभिलेख विभागले आज पोखरामा गरेको ‘आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रगति समीक्षा गोष्ठी’मा मन्त्री अर्यालले मालपोत र नापी सुध्रिएछन् भन्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएकी हुन्।

कमजोर मनस्थिति नबनाउन आग्रह गर्दै मन्त्री अर्यालले सेवाभावका साथ प्रस्तुत हुन आग्रह गरिन्।

“जागिरे मानसिकताबाट माथि उठेर काम गर्नुस्, गल्ती नगरेसी डराउनुपर्ने अवस्था छैन,” मन्त्री अर्यालले भनिन्, “गल्ती नगरेकालाई अख्तियारले लगेको छैन, गल्ती गरेको प्रमाणै फेला परेपछि त के गर्नु।”

मन्त्री अर्यालले काम गर्ने क्रममा कुनै पनि प्रलोभनमा नपर्न कर्मचारीलाई निर्देशन दिइन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्