वैवाहिक बन्धनमा ऋचा

काठमाडौं। नायिका ऋचा शर्मा विवाह बन्धनमा बाँधिएकी छन्।

ऋचा र ललितपुर लबिम मलका व्यवस्थापक दीपेक्क्षविक्रम राणा वैवाहिक बन्धनमा बाँधिएका हुन्।

केही समयअघि ऋचाले बिहेको मिति आफ्नो सामाजिक सञ्जालमा शेयर गरेकी थिइन्।

शुरूमा प्रेमका विषयमा नखुलेकी ऋचाले यसै वर्ष बिहे गर्ने बताउँदै आएकी थिइन्।

केही समयअघि मात्रै ऋचाले पोखरामा आफ्ना साथीहरूलाई ‘ब्याचलर पार्टी’ दिएकी थिइन्। उनको पार्टीमा केकी अधिकारी, प्रियंका कार्कीलगायत सहभागी थिए।

ऋचा यतिबेला रियालिटी शो ‘कमेडी च्याम्पियन’मा निर्णायकको भूमिकामा छिन्।

नेपाली चलचित्र क्षेत्रकी एक अभिनेत्री, मोडल तथा सफल उद्घोषकको रूपमा आफूलाई चिनाएकी ऋचा ‘फस्ट लभ’बाट नेपाली चलचित्र उद्योगमा प्रवेश गरेकी थिइन्।

पढ्नुहाेस्ः

लगनगाँठो कस्दै अभिनेत्री ऋचा

प्रतिक्रिया दिनुहोस्