काठमाडौं। अमेरिकाका स्वास्थ्य अधिकारीहरूले कोरोनाको नयाँ भेरियन्ट मार्च महिनासम्म तीव्र गतिमा फैलन सक्ने चेतावनी दिएका छन्। नयाँ भेरियन्ट सर्वप्रथम बेलायतमा फेला परेको थियो। अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)ले यस्तो चेतावनी दिएको हो।
सीडीसी भन्छ- ‘जाडो याममा पहिलाकै कोरोना वृद्धि भइरहेको छ। यस्तो अवस्थामा नयाँ भेरियन्ट बढ्न पुग्दा हेल्थ सिस्टममा दबाब पर्ने आशंका छ।’
शुक्रबारमात्रै अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले कोरोनाविरुद्ध लड्नका निम्ति योजना प्रस्तुत गरेका थिए। त्यसलगत्तै सीडीसीले चेतावनी दिएको हो। बाइडेनले खोप अभियानलाई तीव्र बनाउनुपर्ने बताएका थिए।
विशेषज्ञहरूका अनुसार कोरोनाको नयाँ भेरियन्ट पहिलाको भन्दा बढी संक्रामक छ। तर, यसबारे वैज्ञानिक पुष्टि भने अझै हुन सकेको छैन। चिकित्सकहरूले नयाँ भेरियन्ट खतरनाक बताइरहेका पनि यसबाट चाँडो संक्रमण फैलने वा मृत्युदर बढ्ने अवस्था अझै देखिएको छैन।
उता, विशेषज्ञहरू अहिले पत्ता लागेको खोपले नयाँ भेरियन्ट नियन्त्रणमा काम नगर्नेसमेत बताइरहेका छन्।
(बीबीसी)
" /> काठमाडौं। अमेरिकाका स्वास्थ्य अधिकारीहरूले कोरोनाको नयाँ भेरियन्ट मार्च महिनासम्म तीव्र गतिमा फैलन सक्ने चेतावनी दिएका छन्। नयाँ भेरियन्ट सर्वप्रथम बेलायतमा फेला परेको थियो। अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)ले यस्तो चेतावनी दिएको हो।सीडीसी भन्छ- ‘जाडो याममा पहिलाकै कोरोना वृद्धि भइरहेको छ। यस्तो अवस्थामा नयाँ भेरियन्ट बढ्न पुग्दा हेल्थ सिस्टममा दबाब पर्ने आशंका छ।’

">