हैदराबाद ‘इन्काउन्टर’मा मारिएकाको भिडिओ उपलब्ध गराउन अदालतको आदेश
काठमाडाैं। भारतको हैदराबादमा २० मंसीरमा ‘इन्काउन्टर’का नाममा मारिएका चारजना बलात्कार आरोपीको भिडिओ उपलब्ध गराउन तेलंगाना उच्च अदालतले आदेश दिएको छ। द वायरका अनुसार अदालतले २३ मंसीर राति आठ बजेसम्म उनीहरूको शव सुरक्षित राख्न समेत भनेको छ।

महाधिवक्ताले २० मंसीर राति उनीहरूको महबुबनगर सरकारी जिल्ला अस्पतालमा पोस्टमार्टम भइरहेको जानकारी अदालतलाई गराएका थिए।

त्यसलगत्तै अदालतले यस्तो आदेश दिएको हो। अदालतले मुख्य न्यायाधीशलाई प्राप्त एक प्रतिवेदनका आधारमा यस्तो आदेश दिइएको जनाएको छ, जसमा सो घटनालाई ‘फेक इन्काउन्टर’ भन्दै न्यायिक हस्तक्षेपको माग गरिएको थियो।

अदालतले सबै आरोपीको शव पोस्टमार्टम भएपछि भिडिओ, सीडी वा पेनड्राइभमा प्रधान जिल्ला न्यायाधीशलाई बुझाउन आदेश दिएको छ। उच्च अदालतले महबुबनगरका प्रधान जिल्ला न्यायाधीशलाई सीडी वा पेनड्राइभ लिन र २२ मंसीर साँझसम्म उच्च अदालतका रजिष्ट्रार जनरललाई पेश गर्नसमेत आदेश दिएको छ।

यसअघि राष्ट्रिय मानव अधिकार आयोगले हैदराबादमा महिला पशु चिकित्सकलाई सामूहिक बलात्कारपछि हत्या गरेको आरोप लागेका चारजना आरोपीलाई ‘फेक इन्काउन्टर’का नाममा मारिएको भन्दै त्यसको छानविन गर्न आदेश दिएको थियो।

गत २७ नोभेम्बर राति हैदराबाद शहरको बाहिरी इलाकामा सरकारी अस्पतालमा कार्यरत २५ वर्षीया महिला चिकित्सकलाई चार जनाले सामूहिक हत्यापछि हत्या गरेका थिए।

प्रहरीले सो घटनामा संलग्न रहेको भन्दै चार जनालाई दुई दिनपछि पक्राउ गरेको थियो। उनीहू ट्रक मजदुर थिए। उनीहरूलाई त्यसको भोलिपल्ट १४ दिनको न्यायिक हिरासतमा पठाइएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्