बलात्कार मुद्दामा सफाइ पाएकालाई 'बाँच्ने हक छैन' भन्दै भारतमा भीडको आक्रमण
काठमाडाैं। भारतको बालियारमा दुई नाबालिका दिदी–बहिनीको बलात्कार र हत्याको अभियोग लागेका केरलाका युवालाई भीडले आक्रमण गरेको छ। एम मधु नाम गरेका ती युवासहित अन्य तीन जनालाई ‘प्रमाणको अभाव’मा अदालतले २५ अक्टोबरमा सफाइ दिएको थियो।

केरला सरकारले यो घटनामा प्रहरीले राम्रोसँग अनुसन्धान नगरेको स्वीकार गर्दै गत महिना नै न्यायिक जाँचबुझ गर्ने घोषणा गरेको थियो। मधुलाई आज दिउँसो युवाहरूको भीडले पिटेको थियो र घाइते अवस्थामा सडकछेउमा छाडेको थियो। उनलाई प्रहरीले उद्धार गरी स्थानीय सरकारी अस्पताल भर्ना गरेको छ। बजार जाँदै गरेका मधुलाई युवाहरूको समूहले शुरूमा बलात्कारी भन्दै गाली गरे र त्यसपछि ‘तँलाई बाँच्ने कुनै अधिकार छैन’ भन्दै पिटेका थिए।

मधुकी आमाले 'संघ परिवार'का कार्यकर्ताले आक्रमण गरेको आरोप लगाएकी छन्। प्रहरीले अहिलेसम्म आक्रमणकारीको पहिचान भइनसकेको जनाएको छ।

पशुचिकित्सक महिला डाक्टरलाई बलात्कारपछि हत्या गरेको आरोप लागेका चार जनालाई प्रहरीले ‘इन्काउन्टर’ मा मारेको अर्कोदिन भीडले मधुलाई आक्रमण गरेको हो। स्थानीयले प्रहरीको ‘इन्काउन्टर’ ले मधुमाथिको आक्रमणलाई उत्प्रेरित गरेको बताएका छन्।

सन् २०१७ को जनवरी १३ मा वालियार बजारमा १३ वर्षकी एक बालिका घरमा झुन्डिएको अवस्थामा भेटिएकी थिइन्। त्यही वर्षको मार्च ४ मा उनकी ९ वर्षकी बहिनीको पनि उस्तै अवस्थामा शव भेटिएको थियो। स्वास्थ्य परीक्षणपछि उनीहरूमाथि यौन अपराध भएको खुलेको थियो।

तर, अभियुक्तहरूलाई सफाइ दिने अदालतको फैसलालाई चुनौति दिँदै राज्य सरकारले उच्च अदालतमा पुनरावेदन गरेको थियो। अभियुक्तका विरुद्ध पर्याप्त प्रमाण जुटाउन नसकेको भन्दै सरकारी वकीललाई पनि यो मुद्दाबाट हटाइएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्