साग फुटबलः भुटान पहिलोपटक फाइनलमा, नेपाल दबाबमा

काठमाडौं। श्रीलंकालाई ३-० ले हराउँदै भुटानले १३औं दक्षिण एशियाली खेलकुद(साग) को फाइनलमा स्थान बनाएको छ।

भुटान सागको फाइनलमा पुगेको यो पहिलोपटक हो।

यससँगै भुटानले पुरुष फुटबलमा रजत पदक पक्का गरेको छ।

छिमी दोर्जेको गोलमा भुटानले १९औं मिनेटमा अग्रता लिएको थियो।

६९औं दावा छिरिङले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर बनाए।

खेल सकिन १० मिनेट बाँकी रहँदा एसे दोर्जेले अर्को गोल थपेपछि भुटानले सहज जित निकालेको हो।

घरेलु टोली नेपालसँग ४–० ले पराजित भए पनि भुटानले बंगलादेशलाई १–० ले, माल्दिभ्सलाई २–१ र श्रीलंकालाई ३–० ले हराएको हो।

यस जितसँगै ९ अंक जोडेको भुटान राउण्ड रोबिन लिगको शीर्ष स्थानमा उक्लिएको छ।

लिगको शीर्ष दुई टोलीले फाइनल खेल्नेछ भने तेस्रो र चौथो स्थानको टोलीले कांस्य पदकका लागि प्रतिस्पर्धा गर्नेछ।

भुटानले फाइनलमा स्थान बनाएसँगै नेपालले अब फाइनल प्रवेशका लागि बंगलादेशविरुद्धको खेल कुर्नु पर्नेछ।

फाइनल पुग्नका लागि नेपालले कम्तीमा बराबरी गर्नु आवश्यक छ।

नेपाल अहिले ७ अंकका साथ दोस्रो स्थानमा छ भने बंगलादेश ४ अंकका साथ तेस्रो स्थानमा छ।

नेपाललाई हराए बंगलादेशको पनि ७ अंक हुनेछ। र, बंगलादेश ‘हेड टु हेड’ का आधारमा फाइनल पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्