बास्केटबलमा नेपालको मिश्रित प्रदर्शन
काठमाडौं। १३औं दक्षिण एशियाली खेलकुद (साग)अन्तर्गत ‘थ्री बाइ थ्री’ बास्केटबलको पुरुषतर्फ नेपालले आज मिश्रित प्रदर्शन गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा पहिलो दिन बंगलादेशलाई २१–९ ले पराजित गरेको नेपाल श्रीलंकासँग १८–१४ ले पराजित भयो।

पुरुषकै अन्य खेलमा भारतले दोहोरो जित निकाल्यो।

भारतले श्रीलंकालाई २१–१३ तथा बंगलादेशलाई २१–११ ले पाखा लगायो।

महिलामा भारतले श्रीलंकामाथि १८–१० को जित निकाल्यो ।

राखेपको कभर्डहलमा भएको बास्केटबलकै फुल कोर्टतर्फ पुरुषमा भारत समूह ‘बी’ को विजेता हुँदै सेमिफाइनलमा पुगेको छ।

भारतले श्रीलंकालाई १२५–५० ले पन्छायो ।

महिलामा भारत र भुटानले सफलता हात पारे। भारतले श्रीलंकालाई १३६–५० तथा भुटानले बंगलादेशलाई ७८–१९ ले पन्छाए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्