कर्णालीकी छोरीलाई बैंक खाता, प्रदेश सरकारबाट मासिक पाँच सय

सुर्खेत। कर्णाली प्रदेश सरकारले छोरीको बैंक खाता खोल्ने प्रक्रिया शुरू गरेको छ।

छोरीलाई कम्तीमा माध्यमिक तहसम्मको अध्ययन ग्यारेन्टीका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले छोरीलाई बैंक खाता कार्यक्रम ल्याएको हो।

चालु आर्थिक वर्षको साउनदेखि कर्णालीमा जन्मेका छोरीहरूका लागि ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ नाम दिइएको यो कार्यक्रम लागु भएको आजको नागरिक दैनिकमा समाचार छ।

कार्यक्रमअन्तर्गत पहिलो महीना एक हजार र दोस्रो महीनादेखि २० वर्षसम्म मासिक पाँच सय रूपैयाँका दरले प्रदेश सरकारले छोरीको बैंक खातामा रकम जम्मा गरिदिनेछ।

यस हिसाबले छोरी २० वर्ष पुग्दा एक लाख २० हजार ५०० रूपैयाँ रकम जम्मा हुनेछ।

छोरीलाई बैंक खाता कार्यक्रममा सहभागी गराउन अभिभावकले तीनवटा मुख्य सर्त पालना गर्नुपर्ने हुन्छ।

छोरीलाई कम्तीमा माध्यमिक तह उत्तीर्ण गराउने, प्रचलित कानूनको अधिनमा रहेर छोरीको उमेर २० वर्ष नभएसम्म विवाह नगराउने र छोराछोरीबीच लालपालन, हेरचाह र संरक्षणमा असमान व्यवहान गर्ने प्रतिबद्धता अभिभावकले जनाएपछि मात्रै यो कार्यक्रममा सहभागी हुन पाइन्छ।

प्रतिक्रिया दिनुहोस्