भोजपुर-दिक्तेल-काठमाडौं बस सेवा शुरू
भोजपुर। भोजपुरबाट खोटाङको दिक्तेल हुँदै काठमाडौं सिधा बस सेवा शुरू भएको छ।

यसअघि भोजपुरबाट धरान हुँदै सिन्धुलीको बाटो काठमाडौंसम्म बस सेवा सञ्चालनमा थियो।

३६६ किलोमिटर रहेको भोजपुर-दिक्तेल-काठमाडौंको दुरी भोजपुर-काठमाडौं आवतजावत गर्ने सबैभन्दा छोटो रुट हो।

जिल्ला प्रशासन कार्यालय, भोजपुरमा भएको छलफलपछि सुपर खोटाङ भोजपुर यातायात प्रा.लि.ले शुरु गरेको सिधा यातायात सेवाको भाडासमेत निर्धारण गरिएको छ।

प्रा.लि. का अध्यक्ष दिवाशन राईका अनुसार भोजपुरबाट दिक्तेल हुँदै काठमाडौं सुमोको एकतर्फी भाडा दुई हजार रूपैयाँ र बसको एह हजार ७०० रूपैयाँ निर्धारण गरिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्