कोहलपुर तनावग्रस्त, प्रहरी र प्रदर्शनकारीबीचकाे झडपमा डीएसपी घाइते

काठमाडाैं। ट्रकको ठक्करबाट कोहलपुरमा एक स्कुले बालिकालाई ठक्कर दिएपछि सो क्षेत्र तनावग्रस्त बनेको छ।

कोहलपुर–नेपालगञ्ज सडकखण्डमा आज बिहान ट्रकले बालिकालाई ठक्कर दिएको थियो। त्यसपछि स्थानीयले उक्त ट्रकमा आगजनी गरेका हुन्।

स्थानीयले अहिले प्रदर्शन गरिरहेका छन्। त्यहाँको अवस्था निकै तनावपूर्ण भएको छ।

इलाका प्रहरी कार्यालय कोहलपुरमा स्थानीयले ढुंगामुढा गरेका छन्। स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ।

प्रदर्शनकारीको ढुंगामुढाबाट इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी हेमबहादुर शाहीसहित दर्जनबढी प्रहरी घाइते भएको कोहलपुर प्रहरीले जनाएको छ।

प्रदर्शनकारीहरू समेत घाइते भएका छन्। भीड नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको छ।

स्थिति नियन्त्रणमा लिन त्यहाँ अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन्।