काठमाडौं। नेपालमा पहिलो पटक ‘मर्यादित महीनावारी’ दिवस मनाइएको छ।
दिवसमा महीनावारी भएकै आधारमा हुने विभेद अन्त्य गर्नुपर्ने आवाज उठेको छ।
महीनावारीसँग सम्बन्धित स्वास्थ्य, सरसफाइका साथै मर्यादित महीनावारीका विषयमा काम गर्ने अभियान्ताहरूको पहलमा आज पहिलोपटक यो दिवस मनाइएको हो।
आज बिहान काठमाडौंको माइतीघर मण्डलामा कोणसभाको आयोजना गरिएको थियो।
कोणसभामा सामाजिक अभियन्ता राधा पौडेल, अनुपा रेग्मी, शितल सुवेदीलगायतले कविता वाचन तथा मन्तव्य राख्दै महीनावारी भएकै आधारमा हुने विभेद अन्त्य गर्नुपर्ने बताएका थिए।
मदन पुरस्कार विजेता समेत रहेकी अभियन्ता पौडेलले महीनावारी भएका बेला एक्लै राखिंदा किशोरी तथा महिलाहरूले यौनजन्य हिंसा बलात्कार तथा ज्यान समेत गुमाइरहनु परेको भन्दै महीनावारीका कारण गरिने सबैखाले हिंसा अन्त्यको पहल घरघरबाट शुरु गर्नुपर्नेमा जोड दिइन्।
मर्यादित महीनावारी दिवसमा सरसफाइभन्दा अधिकारका कुरा गरिन्छ।
महीनावारी बार्ने प्रचलनले महिलालाई झनै पीडित बनाइरहेको तथा पुरुषलाई पीडकको रूपमा देखाइरहेको उनको आरोप छ।
त्यसको अन्त्यका लागि यो दिवस मनाइन लागिएको राधा पौडेल फाउण्डेशनले जनाएको छ।
महीनावारी बार्ने प्रथाले महिलालाई अझै कमजोर बनाईरहेको र यसको अन्त्य गर्न नसकेसम्म महिला–पुरुष बराबर हुन नसक्ने कार्यक्रममा बताइयो।
महिला हिंसाविरुद्धको १६ दिने अभियान (नोभेम्बर २५–डिसेम्बर १०) कै अवसर पारेर डिसेम्बर ८ का दिने यो दिवस मनाउने निर्णय भएको हो।
दिवसको नारा ‘लैंगिकतामा आधारित हिंसा न्यूनीकरण र मानवअधिकारका लागि मर्यादित महीनावारी’ राखिएको छ। आइतबार नै विभिन्न ६ वटा प्रदेशमा विभिन्न कार्यक्रम भइरहेको दिवसको संयोजन गरिरहेको राधा पौडेल फाउन्डेसनले जनाएको छ।
माइतीघर मण्डलाबाटै "मर्यादित महीनावारी" लेखिएको ब्यानरसहित सुन्तला रङको ब्यानर पनि उडाइएको थियो। सुन्तला रङ हिंसाविरुद्धको विश्वव्यापी अभियान (अरेन्ज दि वल्र्ड) को सांकेितक रङ हो।
दैखेल, बारा, सोलुखुम्बु, काठमाडौं, ललितपुर र चितवनमा पनि महीनावारी जनचेतनामुलक कार्यक्रम गर्ने, श्रीमान–श्रीमती तथा पार्टनरलाई यसबारे जानकारी गराउने, सरकारी कर्मचारीसँग छलफललगायतका कार्यक्रमहरु गरियो।
फाउण्डेशनको पहलमा पहिलो पटक इण्डोनेसिया, युगाण्डा र अष्ट्रिया लगायतका देशहरूमा समेत मर्यादित महीनावारी दिवस मनाइएको हो।