भीरबाट लडेर कैलालीमा बालिकाको मृत्यु
कैलाली। कैलालीमा भीरबाट लडेर एक बालिकाको मृत्यु भएको छ।

चुरे गाउँपालिका-५ भासु गाउँको जंगलमा भीरबाट लडेकी १६ वर्षिया इन्द्रा लामाको उपचारका लागि धनगढी ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।

बालिकाको टाउको र शरीरमा चोट लागेको थियो।

जंगलमा चर्न गएका बाख्रा खोज्न जाँदा ती बालिकाको लडेर मृत्यु भएको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्