चार किलो लागुऔषध बनाउने रसायनसहित चिनियाँ नागरिक पक्राउ
काठमाडौं। प्रहरीको लागुऔषध नियन्त्रण व्युरोले लागुऔषध बनाउने ईफेड्रीन नामक रसायनसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

२० मंसीरमा काठमाडौंबाट चार किलो २०० ग्राम साे रसायनसहित चिनियाँ नागरिक ३१ वर्षीय झाङ् छाओलाई ब्युरोले पक्राउ गरेको हो।

ब्युरोका अनुसार छाओले काठमाडौंकाे एक कार्गोबाट सो रसायन न्यूजिल्याण्ड पठाउने तयारी गरेका थिए।

नीलो रंगको कागजको डिब्बाभित्र रंगीन चित्र रहेको १० वटा काठको फ्रेम शंका लागेर ब्युरोले जाँच गरेको थियो। जाँच गर्दा उक्त फ्रेममा फल्स बटम बनाई लुकाइछिपाइ राखिएको अवस्थामा सो रसायन फेला परेको ब्युरोले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ।

छाओमाथि ब्युरोले लामो समयदेखि निगरानी बढाएको थियो।

छाओलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको ब्युराेको भनाइ छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्