काठमाडौं। स्कुल जाँदै गरेकी बालिकालाई ट्रकले ठक्कर दिएपछि तनाबग्रस्त बनेको कोहलपुरमा जिल्ला प्रशासन कार्यालय बाँकेले कर्फ्यु लगाउने तयारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले त्यसका लागि सुरक्षा समितिको बैठक बसिरहेको जानकारी दिए। उनका अनुसार स्थिति नियन्त्रणबाहिर गएको छ।
आज बिहान कोहलपुरबाट नेपालगञ्जका लागि छुटेको ना २ ख ९४५९ नम्बरको ट्रकले कोहलपुर–१० स्थित त्रिभुवन मावि कक्षा सातमा अध्ययनरत प्रकृति चन्दलाई ठक्कर दिएर घाइते बनाएको थियो।
उनको नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ।
आन्दोलनमा उत्रिएका विद्यार्थीमाथि प्रहरीले हवाइ फायर समेत गरेको छ। प्रहरीको गोली लागेर कक्षा नौ मा अध्ययनरत सुशिल थापा घाइते भएका छन्। उनको टाउकोमा रबरको गोली लागेको बताइएको छ।
घाइते थापाको पनि शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ। झडपमा डीएसपी हेमबहादुर शाहीसहित केही प्रहरी पनि घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय आसपास निषेधित क्षेत्र घोषणा गरिएको छ।
पढ्नुहोस्
कोहलपुर तनावग्रस्त, प्रहरी र प्रदर्शनकारीबीचकाे झडपमा डीएसपी घाइते
" /> काठमाडौं। स्कुल जाँदै गरेकी बालिकालाई ट्रकले ठक्कर दिएपछि तनाबग्रस्त बनेको कोहलपुरमा जिल्ला प्रशासन कार्यालय बाँकेले कर्फ्यु लगाउने तयारी गरेको छ।प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले त्यसका लागि सुरक्षा समितिको बैठक बसिरहेको जानकारी दिए। उनका अनुसार स्थिति नियन्त्रणबाहिर गएको छ।

">