काठमाडौं। स्कुल जाँदै गरेकी बालिकालाई ट्रकले ठक्कर दिएपछि तनाबग्रस्त बनेको कोहलपुरमा जिल्ला प्रशासन कार्यालय बाँकेले कर्फ्यु लगाएको छ।
प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले स्थिति नियन्त्रणबाहिर गएपछि कर्फ्यु लगाइएको जानकारी दिए। दिउँसो ३ बजेदेखि कर्फ्यु लगाइएको हो। स्थानीय प्रशासनले पूर्वमा चप्परगौडी, पश्चिममा किरण नाला, उत्तरमा कौशिलानगर र दक्षिणमा राँझा चोकसम्मको इलाकामा कर्फ्यू आदेश जारी गरेको छ। उक्त क्षेत्रमा हिंडडुल, आवतजावत र हुलहुज्जल गर्न मनाही गरिएको प्रशासनद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।
आज बिहान कोहलपुरबाट नेपालगञ्जका लागि छुटेको ना २ ख ९४५९ नम्बरको ट्रकले कोहलपुर–१० स्थित त्रिभुवन मावि कक्षा सातमा अध्ययनरत प्रकृति चन्दलाई ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो।
घाइते बालिकालाई शिक्षण अस्पताल कोहलपुरमा उपचारपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत् काठमाडौं पुर्‍याइंदैछ।
आन्दोलित विद्यार्थीले बालिकालाई ठक्कर दिने ट्रकमा आगजनी गरेका थिए। विद्यार्थीको आन्दोलन चर्किएपछि प्रहरीले हवाइ फायर गरेको थियो।
प्रहरीको गोली लागेर कक्षा नौ मा अध्ययनरत सुशिल थापा घाइते भएका छन्। उनको टाउकोमा रबरको गोली लागेको बताइएको छ।
घाइते थापाको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ। झडपमा इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी हेमबहादुर शाहीलगायत केही प्रहरी सामान्य घाइते भएका छन्।
पढ्नुहाेस्
गोली चलाउँदा पनि स्थिति नियन्त्रणमा नआएपछि कोहलपुरमा कर्फ्युको तयारी
कोहलपुर तनावग्रस्त, प्रहरी र प्रदर्शनकारीबीचकाे झडपमा डीएसपी घाइते
" /> काठमाडौं। स्कुल जाँदै गरेकी बालिकालाई ट्रकले ठक्कर दिएपछि तनाबग्रस्त बनेको कोहलपुरमा जिल्ला प्रशासन कार्यालय बाँकेले कर्फ्यु लगाएको छ।
प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले स्थिति नियन्त्रणबाहिर गएपछि कर्फ्यु लगाइएको जानकारी दिए। दिउँसो ३ बजेदेखि कर्फ्यु लगाइएको हो। स्थानीय प्रशासनले पूर्वमा चप्परगौडी, पश्चिममा किरण नाला, उत्तरमा कौशिलानगर र दक्षिणमा राँझा चोकसम्मको इलाकामा कर्फ्यू आदेश जारी गरेको छ। उक्त क्षेत्रमा हिंडडुल, आवतजावत र हुलहुज्जल गर्न मनाही गरिएको प्रशासनद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।
आज बिहान कोहलपुरबाट नेपालगञ्जका लागि छुटेको ना २ ख ९४५९ नम्बरको ट्रकले कोहलपुर–१० स्थित त्रिभुवन मावि कक्षा सातमा अध्ययनरत प्रकृति चन्दलाई ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो।
घाइते बालिकालाई शिक्षण अस्पताल कोहलपुरमा उपचारपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत् काठमाडौं पुर्‍याइंदैछ।
आन्दोलित विद्यार्थीले बालिकालाई ठक्कर दिने ट्रकमा आगजनी गरेका थिए। विद्यार्थीको आन्दोलन चर्किएपछि प्रहरीले हवाइ फायर गरेको थियो।
प्रहरीको गोली लागेर कक्षा नौ मा अध्ययनरत सुशिल थापा घाइते भएका छन्। उनको टाउकोमा रबरको गोली लागेको बताइएको छ।
घाइते थापाको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ। झडपमा इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी हेमबहादुर शाहीलगायत केही प्रहरी सामान्य घाइते भएका छन्।
पढ्नुहाेस्
गोली चलाउँदा पनि स्थिति नियन्त्रणमा नआएपछि कोहलपुरमा कर्फ्युको तयारी
कोहलपुर तनावग्रस्त, प्रहरी र प्रदर्शनकारीबीचकाे झडपमा डीएसपी घाइते
"> कोहलपुरमा कर्फ्यु आदेश जारी, घाइते बालिकालाई हेलिकप्टरबाट काठमाडौं पुर्‍याइंदै: Dekhapadhi
कोहलपुरमा कर्फ्यु आदेश जारी, घाइते बालिकालाई हेलिकप्टरबाट काठमाडौं पुर्‍याइंदै
काठमाडौं। स्कुल जाँदै गरेकी बालिकालाई ट्रकले ठक्कर दिएपछि तनाबग्रस्त बनेको कोहलपुरमा जिल्ला प्रशासन कार्यालय बाँकेले कर्फ्यु लगाएको छ।
प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले स्थिति नियन्त्रणबाहिर गएपछि कर्फ्यु लगाइएको जानकारी दिए। दिउँसो ३ बजेदेखि कर्फ्यु लगाइएको हो। स्थानीय प्रशासनले पूर्वमा चप्परगौडी, पश्चिममा किरण नाला, उत्तरमा कौशिलानगर र दक्षिणमा राँझा चोकसम्मको इलाकामा कर्फ्यू आदेश जारी गरेको छ। उक्त क्षेत्रमा हिंडडुल, आवतजावत र हुलहुज्जल गर्न मनाही गरिएको प्रशासनद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।
आज बिहान कोहलपुरबाट नेपालगञ्जका लागि छुटेको ना २ ख ९४५९ नम्बरको ट्रकले कोहलपुर–१० स्थित त्रिभुवन मावि कक्षा सातमा अध्ययनरत प्रकृति चन्दलाई ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो।
आन्दोलित विद्यार्थीले बालिकालाई ठक्कर दिने ट्रकमा आगजनी गरेका थिए। विद्यार्थीको आन्दोलन चर्किएपछि प्रहरीले हवाइ फायर गरेको थियो।
प्रहरीको गोली लागेर कक्षा नौ मा अध्ययनरत सुशिल थापा घाइते भएका छन्। उनको टाउकोमा रबरको गोली लागेको बताइएको छ।
घाइते थापाको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ। झडपमा इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी हेमबहादुर शाहीलगायत केही प्रहरी सामान्य घाइते भएका छन्।
पढ्नुहाेस्
गोली चलाउँदा पनि स्थिति नियन्त्रणमा नआएपछि कोहलपुरमा कर्फ्युको तयारी
कोहलपुर तनावग्रस्त, प्रहरी र प्रदर्शनकारीबीचकाे झडपमा डीएसपी घाइते
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्