काठमाडौं। लामो समयपछि फुटबलको माहोल बनेको दशरथ रंगशालामा २१ मंसीरमा दुई टोलीले सेलिब्रेसन गरे।
घरेलु टोली नेपाल र भुटानले दुई फरक खेलमा समर्थकमाझ सेलिब्रेसन गर्दै फाइनलमा स्थान बनाएकोमा खुशी साटे।
तर, भुटानको त्यो सेलिब्रेसन यथार्थपरक थियो भने नेपालको क्षणिक। नेपालको खुशी पाँच घण्टा टिकेन।
भुटानले श्रीलंकालाई ३–० ले हराएपछि नेपाल दबाबमा परेकाे छ।
दशरथ रंगशालामा २१ मंसीरमा भएको पहिलो खेलमा नेपालले १–० ले पछि परेको स्थिति उल्टाउँदै माल्दिभ्सविरुद्ध २–१ को नतिजा निकाल्यो।
त्यसपछि नेपालले जसरी सेलिब्रेसन गर्यो, हेर्दा लाग्थ्यो उसले फाइनल जितेको छ। नेपालको ड्रेसिङ रूममा पनि फाइनल पुगेकोमा खुशीको माहोल बन्यो।
माल्दिभ्सका प्रशिक्षक पिटर सेगर्टले त नेपाली टोलीलाई बधाई नै दिए।
खेलपछि पत्रकार सम्मेलन उनले भने, “फाइनलमा स्थान बनाएकोमा नेपाललाई बधाई।”
अभिषेक रिजालले त बराबरी गोल गर्दा जर्सी फुकालेर सेलिब्रेसन गरे, जसकारण उनले पहेँलो कार्डको सामना गरे।
उनको हाउभाउ हेर्दा लाग्थ्यो नेपालले फाइनल जित्दैछ र, टोलीका महत्त्वपूर्ण खेलाडीलाई कार्डको कुनै परवाह छैन।
तर, यथार्थ त्यस्तो थिएन।
त्यतिबेलासम्म नेपालको फाइनल यात्रा पक्का बनिसकेको थिएन। अझ अभिषेकको गोलमा त नेपालले बराबरी मात्र गरेको थियो। खेल जितेको पनि थिएन।
अनन्त तामाङले गोल गरेपछि भने नेपालको फाइनल सम्भावना बलियो बन्यो। तर, गणितीय हिसाबमा नेपालले फाइनलमा स्थान बनाइसकेको थिएन।
माल्दिभ्सलाई हराएपछि नेपाल ७ अंकका साथ शीर्ष स्थानमा मात्र उक्लिएको थियो। त्यसैले नेपालको त्यो सेलिब्रेसन क्षणिक रह्याे।
नेपालले फाइनलमा स्थान बनाउन रंगशालामै हुने दोस्रो खेलमा भुटान हार्नु पर्थ्यो। तर, अप्रत्यासित नतिजा निकालिरहेको भुटानले हारेन। उल्टै श्रीलंकामाथि ३–० को शानदार जित दर्ता गर्यो। फाइनलमा स्थान बनायो।
राउण्डरोबिन लिगमा भुटानले चार खेलमा ९ अंक जोड्दै फाइनलमा स्थान बनायो। यससँगै भुटानले कम्तीमा रजत पदक पक्का गर्यो।
साग फुटबल इतिहासमा भुटानको ऐतिहासिक सफलता थियो। दक्षिण एशियामा भुटानलाई सबभन्दा कमजोर टोली मानिन्छ। तर, काठमाडौंमा भुटान अन्डरडग बनेर निस्क्यो। त्यसैले भुटानको त्यो सेलिब्रेसन सही थियो, तथ्यपरक थियो।
नेपाललाई फाइनल पुग्न अब आज अपरान्ह ५ बजे हुने खेलमा बंगलादेशविरुद्ध कम्तीमा बराबरी खेल्नुपर्छ। होइन भने गत संस्करणको स्वर्ण पदक विजेता नेपाल फाइनल भिडन्तबाट बाहिरिनेछ।
राउन्ड रोबिन लिगको अन्तिम खेल हुनुअघि नेपाल ७ अंकका साथ दोस्रो स्थानमा छ भने बंगलादेश ४ अंकका साथ तेस्रो स्थानमा छ।
बंगलादेशले नेपालविरुद्ध विजयी नतिजा निकाल्यो भने बंगलादेशको पनि समान ७ अंक हुन्छ। र, समान ७ अंक भए पनि ‘हेड टु हेड’ का आधारमा बंगलादेश फाइनल पुग्छ।
यसो भयो भने नेपाल स्वर्ण पदकको भिडन्तबाट बाहिरिन्छ। भुटानी प्रशिक्षक पेमा दोर्जे पनि त्यही चाहन्छन्। भन्छन्, “फाइनलमा बंगलादेश नै आओस्। किनकी बंगलादेश आयो भने नेपाली समर्थकको साथ हामीसँग हुन्छ।”
" /> काठमाडौं। लामो समयपछि फुटबलको माहोल बनेको दशरथ रंगशालामा २१ मंसीरमा दुई टोलीले सेलिब्रेसन गरे।घरेलु टोली नेपाल र भुटानले दुई फरक खेलमा समर्थकमाझ सेलिब्रेसन गर्दै फाइनलमा स्थान बनाएकोमा खुशी साटे।

">