काठमाडौं। जतिखेर महामारी हो कि होइन र यो कस्तो रोग हो भन्नबारे संसार अनभिज्ञ थियो, त्यतिखेर चीनले कोभिड-१९ को सामना गर्यो। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ), महाशक्ति अमेरिका, बेलायत र अन्य बलिया मुलुक कोरोनाको अघिल्तिर निम्छरो हुन पुगेका थिए। तर, चीनले आफ्नै बलबुतामा महामारी नियन्त्रण गर्न सफल भयो।
चीन उसै पनि घनाआवादी भएको मुलुक हो। त्यस देशको जनसंख्या करिब डेढ अर्ब पुगिसकेको छ। कोरोना फैलिएको भनिएको वुहान सहरमै पनि निकै बाक्लो वस्ती छ। त्यस क्षेत्रमा फैलिएको अदृश्य जिवाणुमाथि नियन्त्रण पाउनु भनेको कुनै ठूलो युद्धभन्दा कम होइन। त्यो युद्धमा चीनले सफलता पाएको छ। कसरी पायो त चीनले महामारी नियन्त्रणमा सफलता?
ठीक एक वर्षअघि जनवरी २३ तारिखदेखि कोरोना महामारीका कारण लगाइएको लकडाउनको अनुभव संसारले गर्यो। त्यो लकडाउन वुहानमा गरिएको थियो। र, कोरोना त्यही वुहानबाट सुरु भएको अहिले पनि मानिन्छ।
सुरुमा संक्रमण फैलँदा चीनको अवस्था डर लाग्दो थियो, तर त्यहाँ कोरोनाको दोस्रो लहरले प्रवेश गर्नै पाएन। दोस्रो लहरबाट अहिले बेलायत, अमेरिकाजस्ता देशहरु सन्त्रस्त छन्।
मानिसहरु लकडाउनसँग डराएका थिए र कतिपयले त यसलाई मानवअधिकारको विरुद्धसमेत बताएका थिए। २०२० जनवरीको अन्तिम सातादेखि वुहान सहर सिल गर्दै देशका अन्य भागबाट त्यहाँ जान प्रतिबन्ध लगाइएको थियो। उक्त कदमबाट चीनले ठूलै नोक्सान सहनु पर्यो, तर महामारी नियन्त्रणका लागि त्यो प्रभावशाली कदम थियो र सफल साबित भयो।
एक वर्ष बित्यो त्यो सन्त्रासपूर्ण अवस्था आएको, अहिले चीन महामारीबाट लगभग मुक्त भइसकेको छ। लकडाउनदेखि कडा नियमनसम्मको अवस्थालाई चीनले कसरी व्यवस्थित गर्न सक्यो? त्यो कुरा सिक्न सक्दा कोरोना महामारी नियन्त्रण गर्न सहज हुने देखिन्छ।
२०१९ को अन्त्यमा रहस्यमय ढंगमा वुहानका मानिसहरु बिरामी पर्न थालेका थिए। तर, स्थानीय प्रशासनले यसमा ध्यान दिएन। वुहानको मासुबजारमा गएका अधिकांशमा संक्रमण पुष्टि भएको थियो। मानिसहरु नयाँ वर्ष मनाउने तयारीमा बजारमा सामान किन्न भीड गर्दै थिए।
संक्रमण देखिइसक्दा पनि चीनले पर्याप्त सावधानी नअपनाएको भन्दै डब्ल्यूएचओ र अन्य देशले विरोध गर्न थालेका थिए। तर, लगत्तै चीनले संक्रमण खतरनाक हुँदै जाने आकलन गर्यो र कडा नियम लागू गर्न थाल्यो।
जनवरी २३, अर्थात् चिनियाँ नववर्षको दुई दिनअघि हुबे प्रान्तको वुहान सहर सुनसान भयो। करोडभन्दा बढी मानिसको बसोबास रहेको वुहानमा क्वारेन्टिन, मास्क र सामाजिक दूरी कडाइका साथ पालना गर्न लगाइयो।
सहरमा बिरामी ह्वात्तै बढ्न थालेपछि अस्पतालमा थामिनसक्नु भीड हुन थाल्यो। यही समय चीनले केही दिनमै बहुतले अस्पताल निर्माण गर्यो, संसार चकित बन्यो। चीनको प्रशासनले वुहानमा जुन सूत्र प्रयोग गर्यो, त्यस्तै नियम लगायो बेइजिङ र सांघाई सहरमा पनि।
कडा लकडाउन र अधिक परीक्षण। यी दुई सूत्रको पालनाले चीन महामारी नियन्त्रणमा सफल हुँदै गयो। चीनले आफ्नै देशका सहरका सीमा बन्द गर्यो, मानिसहरु घरमै बस्न थाले।
कतिपय पर्यवेक्षक अहिले पनि चीनमा लगाइएको लकडाउनलाई नागरिक अधिकारविरोधी कदम मान्छन्। तर, आधिकारिक आँकडाले भन्छ- महामारी नियन्त्रणमा चीन सरकारले लिएका सबै निर्णय सफल भए। चीनमा संक्रमित कम मात्र होइन, कोरोनाका कारण मृत्यु हुनेको संख्या पनि तुलनात्मक रुपमा निकै कम छ।
कोरोना महामारीले मानिसमा एकजुटता सिकाएको छ। कतिपय चिनियाँ यही बताउँछन्। चीनमात्र होइन, नेपालको सन्दर्भ पनि त्यस्तै छ। नेपाली पनि यतिखेर एकअर्काप्रति कृतज्ञ बन्न थालेका छन्। जिन्दगीप्रति मोहित हुन थालेका छन्।
जोन हप्किन्स विश्वविद्यालयका अनुसार अहिलेसम्म चीनमा कोरोना संक्रमित एक लाखभन्दा कम छन्। चिनियाँ सरकारले त यो संक्रमणबाट मर्नेको संख्या पाँच हजारभन्दा कम रहेको बताएको छ।

वुहान अहिले सामान्य छ
वुहान सहरमा अहिले मानिसको चहलपहल अघिपछिको जस्तै बनिसकेको छ। हालै डब्ल्यूएचओको विशेषज्ञ टोली त्यहाँ पुग्यो। समाचार संस्था बीबीसी पनि गत साता त्यहाँ पुग्यो। मानिसहरु अन्तर्राष्ट्रिय मिडियामा कुरा गर्न धक मान्छन्। तिनको मनोविज्ञान बुझ्न अलि कठिन छ। तर, अवस्था सामान्य भएको देखिन्छ।
महामारीले जीवन खोस्छ, आजीविका पनि खोस्न सक्छ, रोग र त्रास बढाएर जान्छ। तर, यसले मानिसलाई महत्त्वपूर्ण पाठ पनि पढाएर जान्छ। महामारीअघि मानिसहरु आ-आफ्नै जीवनमा हराएर बाँचिरहेका थिए। कोरोना महामारीले मानिसमा एकजुटता सिकाएको छ। कतिपय चिनियाँ यही बताउँछन्। चीनमात्र होइन, नेपालको सन्दर्भ पनि त्यस्तै छ। नेपाली पनि यतिखेर एकअर्काप्रति कृतज्ञ बन्न थालेका छन्। जिन्दगीप्रति मोहित हुन थालेका छन्। अलिकति भए पनि शान्ति वृद्धि भएको छ।
चीनमा भ्याक्सिन
चिनियाँ कम्पनी सिनोभ्याक र सिनोफर्माले बनाएको भ्याक्सिनलाई क्लिनिकल परीक्षण पूरा गर्नुअघि नै २०२० को मध्यतिर आपत्कालीन प्रयोगलाई मन्जुरी दिइयो। तथापि, यी भ्याक्सिनको प्रभावकारिताबारे अहिले पनि स्पष्ट कुरा बाहिर आएको छैन। यसको रिपोर्ट नै फरक-फरक आएको छ।
चीनको राजनीति, लोकतन्त्र, मानव अधिकार, वाक स्वतन्त्रता, प्रशासनलगायतका विषय बाहिरी दुनियाँका लागि एउटा रहस्य बनेको छ। सोही कारण त्यस देशको आलोचना गर्ने थुप्रै छन्। तर, जतिसुकै आलोचना वा विरोध गरे पनि संसारलाई त्रस्त बनाएको महामारी नियन्त्रणमा चीनले अपनाएको विधि सबैका निम्ति अनुकरणीय बनेर रहेको छ।
घनाआवादी, ठूलो अर्थतन्त्र, धनी बन्ने महत्त्वाकांक्षा बोकेर दौडिरहेको चीनलाई कोरोना महामारीले गम्भीर बनाएको त देखिन्छ, तर अनुशासित नागरिक, कडा प्रशासन र जिम्मेवार सरकारका कारण चीनले महामारीलाई जित्न सकेको हो। सम्भवतः यही कारण नै चीन महामारीकै अवधिमा संसारकै सबैभन्दा बढी जीडीपी प्राप्त गर्न सफल रह्यो। छोटो समयमै उसले आफ्नो अर्थतन्त्रलाई बाटोमा ल्याउन सकेको छ।
संसारका धनी र शक्तिशाली मुलुकसमेत महामारीका अघिल्तिर विवश बनेर बसेका छन्। कहिले असरदार भ्याक्सिन आउला र आफ्ना नागरिक सुरक्षित होलान् भनी कुर्ने नेपालजस्ता देश कति छन् कति!
चीनको राजनीति, लोकतन्त्र, मानव अधिकार, वाक स्वतन्त्रता, प्रशासनलगायतका विषय बाहिरी दुनियाँका लागि एउटा रहस्य बनेको छ। सोही कारण त्यस देशको आलोचना गर्ने थुप्रै छन्। तर, जतिसुकै आलोचना वा विरोध गरे पनि संसारलाई त्रस्त बनाएको महामारी नियन्त्रणमा चीनले अपनाएको विधि सबैका निम्ति अनुकरणीय बनेर रहेको छ। कोरोनाको चपेटाबाट मुक्त हुन संसारले चीनबाट पाठ सिके त्यो अवश्य लाभदायी हुनेछ।
(बीबीसीको सहयोगमा)
" /> काठमाडौं। जतिखेर महामारी हो कि होइन र यो कस्तो रोग हो भन्नबारे संसार अनभिज्ञ थियो, त्यतिखेर चीनले कोभिड-१९ को सामना गर्यो। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ), महाशक्ति अमेरिका, बेलायत र अन्य बलिया मुलुक कोरोनाको अघिल्तिर निम्छरो हुन पुगेका थिए। तर, चीनले आफ्नै बलबुतामा महामारी नियन्त्रण गर्न सफल भयो।चीन उसै पनि घनाआवादी भएको मुलुक हो। त्यस देशको जनसंख्या करिब डेढ अर्ब पुगिसकेको छ। कोरोना फैलिएको भनिएको वुहान सहरमै पनि निकै बाक्लो वस्ती छ। त्यस क्षेत्रमा फैलिएको अदृश्य जिवाणुमाथि नियन्त्रण पाउनु भनेको कुनै ठूलो युद्धभन्दा कम होइन। त्यो युद्धमा चीनले सफलता पाएको छ। कसरी पायो त चीनले महामारी नियन्त्रणमा सफलता?

">">