काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले आफूहरू समृद्ध नेपाल निर्माण गर्ने ऐतिहासिक अवसरमा रहेको बताएका छन्।
चन्द्रागिरि नगरपालिका–१ दहचोकमा विद्यालय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै आज अध्यक्ष दाहालले सबै एकजुट भएर राम्रा अवसरलाई सदुपयोग गर्नुपर्ने आवश्यकता रहेको बताए।
उनले भने “समृद्ध नेपाल निर्माण गर्ने ऐतिहासिक अवसरमा छौं। हाम्रो अगाडि चुनौती पनि छन्। इतिहासले थुपारेको नराम्रो चुनौती पनि छन् र इतिहासका राम्रा विरासतका अवसर पनि हामीलाई छ।”
कार्यक्रममा दाहालले अवसरलाई सदुपयोग गर्न र चुनौतीको सामना गर्न सबै एक हुनुको विकल्प नभएको स्पष्ट पारे। “अवसर सदुपयोग गरौं। चुनौतीको सामना गरौं। हामी सबै एक हुनुको कुनै विकल्प छैन”, उनले भने।
नेकपा अध्यक्ष दाहालले अहिले शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने मुख्य आवश्यकता भएको समेत उल्लेख गरे।क विद्यालयमा पढ्ने–पढाउने वातावरण र शैक्षिक गुणस्तरमा ध्यान दिन्पर्ने आजको मुख्य आवश्यकता भएको उनको भनाइ छ ।
पछिल्लो समय सामुदायिक विद्यालयको शौक्षिक गुणस्तरमा सुधार हुँदै आएको भन्दै दाहालले खुशी व्यक्त गरे। दाहालले भने, “अहिले विस्तारै सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधारको स्थिति पनि, शैक्षिक गुणस्तरको स्थिति पनि देशभरी राम्रो हुँदै गएको छ।”
पछिल्लो २÷४ वर्ष यताको सामुदायिक विद्यायलहरूको परिणाम हेर्दा नीजि क्षेत्रका कयौं विद्यालयहरूलाई पछि पारेर आफ्नो परिणाम राम्रो बनाउदै गएको देखिएको दाहालले उल्लेख गरे।
“देशभर सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको संख्या बढ्दै गएको छ, कसैलाई निषेध गरेर हुँदैन। नीजि क्षेत्रलाई पनि निषेध गरेर हुँदैन”, दाहालले भने, “राज्यले दमन गरेर ‘कन्ट्रोल’ गर्ने होइन। सामुदायिक विद्यालयहरूलाई पनि राम्रो गरेपछि स्वतः सन्तुलन कायम हुन्छ। अहिले पार्टी र राज्यको ध्यान त्यसमा छ।”