एउटै सागमा तीन स्वर्ण जित्दै गौरिकाको कीर्तिमान
काठमाडौं। १३औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पौडीमा नेपालकी गौरिका सिंहले थप अर्काे स्वर्ण पदक जितेकी छन्।

आज भएको ४०० मिटर फ्रिस्टाइलमा गौरिकाले ४ मिनेट २५.२८ सेकेण्डमा दूरी पुरा गर्दै स्वर्ण पदक जितेकी हुन्।

योसँगै १३औं साथमा गौरिकाले तीन वटा स्वर्ण पदक जितेकी छन्। यसअघि उनले २०० मिटर फ्रिस्टाइल र २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जितेकी थिइन्।

गौरिका एउटै सागमा तीन वटा स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन्।

गौरिकाले जारी सागमा एक कांस्य र एक रजत पदक समेत जितेकी छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्