काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोग र निर्वाचन आयोगको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरिएको छ।
मानव अधिकार आयोगले आयोगले आर्थिक वर्ष २०७५/२०७६ को वार्षिक प्रतिवेदन र निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन परिणामसहितको प्रतिवेदन पेश गरेको हो।
मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा र निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले छुट्टाछुट्टै कार्यक्रमबीच राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति भण्डारीसमक्ष प्रतिवेदन पेश गरेका हुन्।
मानव अधिकार आयोगको प्रतिवेदन बुझ्ने क्रममा राष्ट्रपति भण्डारीले मानव अधिकारको सम्मान र संरक्षण गर्ने प्रमुख जिम्मेवारी सरकारको रहेको बताउँदै द्वन्द्वको घाउ निको हुन केही समय लाग्न सक्ने विचार व्यक्त गरिन्।
साथै, व्यवस्थापिका संसदमा दर्ता भएको राष्ट्रिय मानव अधिकार आयोगको संशोधन विधेयक सम्बन्धमा आयोगले आवश्यक सुझाव दिनुपर्ने बताइन्। उनले आयोगको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमार्फत् व्यवस्थापिका संसदमा पेश गरिने जानकारी गराइन्।