मेक्सिको सिटी। मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुए लोपेज ओब्राडोरलाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। तर उनलाई कोभिड–१९ को सामान्य लक्षण मात्र देखिएको छ।
सामाजिक सञ्जालमा एक सन्देश दिँदै ६७ वर्षीय राष्ट्रपति ओब्राडोरले भनेका छन्, “म कोभिड-१९ बाट सङ्क्रमित भएको छु। मलाई देखिएका लक्षणहरू सामान्य छन् र मैले औषधीउपचार शुरु गरिसकेको छु।”
बामपन्थी झुकाव राख्ने राष्ट्रपति ओब्राडोर सार्वजनिक कार्यक्रमहरूमा बिरलै मास्कमा देखिन्छन्। उनी महामारीको चरम अवस्थाका दिनहरूमा पनि दिनहुँजसो सार्वजनिक कार्यक्रमहरूमा उपस्थित हुने गरेका थिए।
उनी देशका विभिन्न भागमा निरन्तर भ्रमण गरिरहेका थिए भने शुक्रबार मात्रै पनि उनले उत्तर राज्य सान लुइस पोटोसीको भ्रमण गरेका थिए।
राष्ट्रपति ओब्राडोर सन् २०१३ मा हृदयाघात भएको थियो र उनलाई हाइपरटेन्सनको समस्या पनि छ। यस्ता रोगहरू भएका व्यक्तिलाई कोभिड-१९ को सङ्क्रमण खतरनाक मानिन्छ।
मेक्सिकोमा गत डिसेम्बर २४ देखि खोप अभियान शुरु भइसकेको छ। मेक्सिकोले फाइजरले उत्पादन गरेको खोपका अतिरिक्त अस्ट्राजेनिका र अक्सफोर्डले विकास गरेको खोप पनि प्रयोगमा ल्याउने जनाइसकेको छ।
मेक्सिकोमा हालसम्म कोरोना सङ्क्रमित झण्डै एक लाख ५० हजारको मृत्यु भइसकेको छ भने १७ लाख ६३ हजारभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन्।
रासस–एएफपी
" /> मेक्सिको सिटी। मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुए लोपेज ओब्राडोरलाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। तर उनलाई कोभिड–१९ को सामान्य लक्षण मात्र देखिएको छ।सामाजिक सञ्जालमा एक सन्देश दिँदै ६७ वर्षीय राष्ट्रपति ओब्राडोरले भनेका छन्, “म कोभिड-१९ बाट सङ्क्रमित भएको छु। मलाई देखिएका लक्षणहरू सामान्य छन् र मैले औषधीउपचार शुरु गरिसकेको छु।”

">