काठमाडौं। उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेलले हिंसा अन्त्यका लागि महिलालाई आर्थिक, सामाजिक तथा राजनीतिक रूपमा सशक्त बनाउनुपर्नेमा जोड दिएका छन्।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा आज काठमाडौंमा गरेको प्रदेशस्तरीय अभियानलाई सम्बोधन गर्दै मन्त्री पोख्रेलले महिलालाई आर्थिक, सामाजिक र राजनीतिक रूपमा सशक्त नबनाएसम्म महिलामाथिको हिंसा अन्त्य नहुने बताएका हुन्।
सरकारबाहेक सरोकारवाला सबै संघ–संस्था र नागरिक तहबाट निरन्तर लैङ्गिक हिंसा अन्त्यका लागि प्रयास गरिनुपर्ने र ती प्रयासहरू समानताप्रति लक्षित हुनुपर्नेमा उनले जोड दिए। सबै क्षेत्रमा महिलाले समान हैसियत बनाएपछि हिंसा अन्त्य सहज हुने भन्दै उनले समानता बिना लैङ्गिक हिंसा अन्त्यको अभियान सार्थक नहुने बताए।
उनले लैङ्गिक हिंसा सामाजिक अपराध हो भन्ने बुझनु र बुझाउनु जरुरी रहेको बताए। लैङ्गिक हिंसालाई व्यक्तिगत मुद्दा भन्दै ढाकछोप गर्नेलाई कानूनी कारवाहीको दायरामा ल्याएर दण्डनिय बनाउनुपर्नेमा उनले जोड दिए। हिंसा अन्त्य गर्दै समानता सहितको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पुरा गर्ने अभियानमा जुट्न पोखरेलले सबैलाई आह्वान गरे।
" /> काठमाडौं। उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेलले हिंसा अन्त्यका लागि महिलालाई आर्थिक, सामाजिक तथा राजनीतिक रूपमा सशक्त बनाउनुपर्नेमा जोड दिएका छन्।

">