काठमाडौं। कर्णाली साहित्य समाजले कर्णालीमै ठूलो धनराशिको पुरस्कार ‘कर्णाली साहित्य समाज कृति पुरस्कार’ महेश थापाको कथाकृति ‘मरीचिका’लाई प्रदान गरिएको छ।
सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा कर्णाली साहित्य समाजका संरक्षक एवम् कथाकार महेशविक्रम शाहले थापालाई नगद ५० हजार रूपैयाँको पुरस्कार हस्तान्तरण गरेका हुन्।
यसैगरी, ‘हजारौं पृथ्वी, हजारौं आकाश’ कविता संग्रहलगायत ‘कर्नाली ब्लुज’ र ‘फिरफिरे’जस्ता उपन्यासका लेखक बुद्धिसागरलाई संस्थाका संरक्षक शाहले नगद २५ हजार रूपैयाँ राशिको कर्णाली साहित्य समाज प्रतिभा पुरस्कार अर्पण गरे।
नेपाली साहित्य क्षेत्रमा अनरवत रूपमा कविता, काव्यसँगै विविध विधामा सिर्जनारत कवि श्यामल अधिकारीलाई ताम्रपत्रसहित कर्णाली साहित्य समाज साधना सम्मान अर्पण गरियो।
कर्णाली साहित्य समाजले आफ्नो कृतिलाई छनोट गरी पुरस्कार प्रदान गरेकोमा आफ्नो लेखन कार्यमा थप उर्जा र प्रेरणा मिलेको बताउँदै ‘मरीचिका’का लेखक थापाले नेपाली साहित्यको क्षेत्रमा योगदान गर्न हौसला मिलेको बताए। कर्णाली साहित्य समाज प्रतिभा पुरस्कारबाट पुरस्कृत स्रष्टा बुद्धिसागरले आफ्नो विगत मात्र नभई वर्तमान समेत कर्णालीमा रहेको बताउँदै नेपाली काव्य विधा र आख्यानका क्षेत्रमा आफूले गरेका कार्यहरूलाई कर्णाली साहित्य समाजले योग्य ठानिदिएकोमा खुसी व्यक्त गरे।
साधना सम्मानबाट सम्मानित स्रष्टा श्यामलले भने, “कर्णालीका यथार्थतालाई रचनाका माध्यमबाट बाहिर ल्याउन सकेको खण्डमा कर्णाली चिनाउन सहयोग पुग्नेछ।”
पुरस्कार तथा सम्मान अर्पण कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष खगेन्द्र अधिकारी ‘अमृत’ले भने, “नेपाली भाषाको उद्गमस्थल कर्णाली भएपनि भाषा साहित्यका क्षेत्रमा यस प्रदेशमा जति कार्य हुनु पर्ने हो त्यति हुन सकेको छैन।”
नेपाली भाषा, साहित्यको प्रवद्र्धन र सम्वद्र्धनका लागि स्थानीय सरकारदेखि कर्णाली प्रदेश सरकारसम्मले विशेष योजनाका साथ कार्यक्रम नै बनाएर अगाडि बढ्नु पर्नेमा त्यसो हुन नसकेको उनको भनाइ छ।