कोहलपुरका विद्यालय एक दिन बन्द गरिने

काठमाडौं। बाँकेको कोहलपुर क्षेत्रका विद्यालय भोलि, २३ मंसीरमा एक दिनका लागि बन्द गरिने भएको छ।

ट्रकले स्कुले बालिकालाई ठक्कर दिई गम्भीर घाइते बनाएपछि उत्पन्न परिस्थितिलाई शान्त बनाउन सहयोग गर्ने उद्देश्यले विद्यालय बन्द गर्न लागिएको विभिन्न शैक्षिक संघ, संगठनले जनाएका छन्।

प्याब्सन, एनप्याब्सन र क्रिसा बाँकेले आज संयुक्त विज्ञप्ति जारी गर्दै विद्यालय बन्द गर्ने जनाएका हुन्।

आज बिहान ना २ ख ९४५९ नम्बरको ट्रकले त्रिभुवन माध्यामिक विद्यालय कोहलपुरको कक्षा सातमा अध्ययनरत बालिका प्रकृति चन्दलाई ठक्कर दिएर घाइते बनाएको थियो।

त्यसपछि प्रदर्शन चर्किएपछि कोहलपुर क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु समेत लगाएको थियो। झडपमा १० विद्यार्थी र इलाका प्रहरी कार्यालयका डीएसपी हेमबहादुर शाहीसहित नौ जना प्रहरी घाइते भएका थिए।

यसैगरी, विद्यार्थी आन्दोलनमा घुसेका केही गैरविद्यार्थी पनि घाइते भएका थिए।

दुर्घटनामा घाइते चन्दसहित तीन जनालाई थप उपचारका लागि काठमाडौं पुर्‍याइएको छ।

पढ्नुहोस्

कोहलपुरमा कर्फ्यु आदेश जारी, घाइते बालिकालाई हेलिकप्टरबाट काठमाडौं पुर्‍याइंदै

गोली चलाउँदा पनि स्थिति नियन्त्रणमा नआएपछि कोहलपुरमा कर्फ्युको तयारी

कोहलपुर तनावग्रस्त, प्रहरी र प्रदर्शनकारीबीचकाे झडपमा डीएसपी घाइते

प्रतिक्रिया दिनुहोस्