काठमाडौं। बेलायतको बर्मिंघम युनिभर्सिटीका वैज्ञानिकले कोरोना भाइरस संक्रमण रोक्ने ‘नेजल स्प्रे’लाई अन्तिम रूप दिएका छन्। यसले दुई दिनसम्म कोरोना भाइरसलाई रोक्ने उनीहरूको भनाइ छ।
स्प्रे अबको केही महिनामा औषधि पसलबाट किन्न सकिने पनि बताइएको छ। आइतबार बेलायती अखबार ‘दि सन्डे टेलिग्राफ’मा यो खबर आएको हो।
टेलिग्राफसँग कुरा गर्दै अध्ययन दलका मुख्य अनुसन्धानकर्ता डा. रिसर्च मोक्सले भने, “सामाजिक दूरीबिना नै संक्रमणबाट बच्न यसले मद्दत गर्नेछ। विशेष गरी विद्यालय खुलेपछि बालबालिकाका निम्ति यो स्प्रे बढी उपयोगी हुनेछ।”
नेजल स्प्रेको नाम अहिलेसम्म जुराइएको छैन। तर, यसमा उपयोग गरिएका रसायनलाई मेडिकल प्रयोग गर्ने अनुमति भने लिइसकिएको छ र यो मानव स्वास्थ्यका निम्ति सुरक्षित रहेको छ।
डा. मोक्स भन्छन्, “आगामी गर्मी महिनासम्म यसलाई बजारमा उपलब्ध गराउनका लागि हामी काम गरिरहेका छौं।”
अध्ययन दलका अनुसार यो स्प्रे दिनमा चारपटकसम्म प्रयोग गर्न सकिनेछ। विद्यालय, सभासम्मेलनजस्ता भीडभाड हुने ठाउँ र जोखिमयुक्त स्थानमा यसलाई हरेक २० मिनेटमा प्रयोग गर्न सकिने पनि उनीहरूले बताए।
केही समयअघि चीनले पनि नेजल स्प्रे बनाउँदै गरेको बताएको थियो। त्यो अहिले कुन चरणमा पुगेको छ भन्ने कुरा सार्वजनिक गरिएको छैन।
एजेन्सी
" /> काठमाडौं। बेलायतको बर्मिंघम युनिभर्सिटीका वैज्ञानिकले कोरोना भाइरस संक्रमण रोक्ने ‘नेजल स्प्रे’लाई अन्तिम रूप दिएका छन्। यसले दुई दिनसम्म कोरोना भाइरसलाई रोक्ने उनीहरूको भनाइ छ।स्प्रे अबको केही महिनामा औषधि पसलबाट किन्न सकिने पनि बताइएको छ। आइतबार बेलायती अखबार ‘दि सन्डे टेलिग्राफ’मा यो खबर आएको हो।

">