सबै तहका सरकारबीच समन्वय नहुँदा योजना प्रभावित- कृषिमन्त्री भुसाल
काठमाडौं। कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले तीन वटै तहका सरकारबीच समन्वय हुन नसक्दा कृषिका योजनाहरू प्रभावित भएको बताएका छन्।

सिंहदरबारस्थित् मन्त्रालयमा आज पत्रकारहरूसँग कुरा गर्दै स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारबीच समन्वय नहुँदा कृषिका योजनाहरू कार्यान्वयन गर्न नसकिएको बताए।

त्यसैका लागि प्रदेश सरकारका कृषि मन्त्रीहरूसँग आज छलफल गरिएको उनले बताए। मन्त्री भुसालले तीन वटै तहका सरकारबीच समन्वय स्थापित गर्न संयन्त्र बनाई काम गर्ने सम्भावना रहेको समेत बताए।

कृषिको व्यवसायिक विकास बिना मुलुकको समृद्धि र विकास हुन नसक्ने बताउँदै त्यसका लागि पनि सबै तहका सरकारबीच समन्वय आवश्यक रहेको मन्त्री भुसालको भनाइ छ।

मन्त्री भुसालले आफू मन्त्रालयमा आएदेखि प्रशासनको कामलाई व्यवस्थित बनाउने, सेवालाई प्रभावकारी बनाउने तथा सुशासन स्थापित गरी कृषिका नयाँ नीतिहरूलाई अगाडि सार्ने विषयमा ध्यान दिएको बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्