महोत्तरीमा ३०५ क्षयरोगका बिरामी भेटिए <p>जलेश्वर। महोत्तरीमा दुई वर्षमा ३०५ जना क्षयरोगका बिरामी भेटिएका छन्।&nbsp;</p> <p>इम्प्याक्ट टीबी परियोजनाअन्तर्गत उक्त अवधिमा ३०५ क्षयरोगका बिरामी फेला परेको बिराट नेपाल मेडिकल ट्रष्टले जनाएको छ।&nbsp;</p> <p>ट्रष्टले इम्प्याक्ट टिबी परियोजनाअन्तर्गत अन्तर्राष्ट्रिय संस्थासँग साझेदारी गरेर समुदायमा रहेका क्षयरोग प्रभावित व्यक्तिलाई पहिचान गर्ने, उनीहरुलाई उपचार सेवा दिने र क्षयरोग रोकथामका क्रियाकलाप गर्दै आएको छ।&nbsp;</p> <p>जुन २०१७ देखि जुन २०१९ सम्म महोत्तरीका १० वटा नगरपालिका र पाँच वटा गाउँपालिकामा क्षयरोगका लागि &lsquo;सक्रिय खोजपड्ताल कार्यक्रम&rsquo; गर्ने क्रममा क्षयरोगका बिरामीको पहिचान भएको, उनीहरुको निःशुल्क उपचार गरिएको र थप व्यक्तिमा रोकथामको समेत कार्यक्रम गरिएको छ। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्