गाडीको ठक्करबाट चितवनमा प्रहरी हवल्दार मृत्यु

चितवन। भरतपुर महानगरपालिका-१ रामनगरमा गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु भएको छ।

मृत्यु हुनेमा धादिङ जिल्ला नीलकण्ठ नगरपालिका-१० घर भई जिल्ला प्रहरी कार्यालय, चितवनमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार यदुप्रसाद पाठक छन्।

चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार गएराति ११ बजे रामनगर प्रहरीचौकीबाट भरतपुरतर्फ आउने क्रममा बा १७ च ५७५८ नम्बरको बोलेरो गाडीले पाठक चढेको ना ५५ प १४२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

गाडीको ठक्करबाट घाइते भएका पाठकको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

ठक्कर दिने गाडी र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्