उपनिर्वाचनको समीक्षा र स्थायी समिति बैठकबारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै
काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज दिउँसो १ बजे बस्दैछ।

सचिवालयको बैठक धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।

आजको बैठकमा उपनिर्वाचनको समीक्षा, पार्टी एकताको बाँकी विषयको छलफल हुने नेकपाका नेता माधवकुमार नेपालले देखापढीलाई बताए।

"स्थायी समिति र केन्द्रीय कमिटी बैठक बोलाउनेबारे पनि बैठकमा छलफल हुन्छ," नेपालले भने।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकतापछि बनेको नेकपाको लामो समयदेखि स्थायी समिति र केन्द्रीय समितिको बैठक बसेको छैन।

एकता घोषणाकै दिन ३ जेठ २०७५ मा केन्द्रीय समितिको बैठक बसेको थियो भने २९ मंसीर २०७५ मा स्थायी समिति बैठक बसेको थियो।

त्यसयता केन्द्रीय समिति र स्थायी समितिको बैठक बसेको छैन।

नेकपा अध्यक्ष पुष्पकमल दाहालले बैठकको तयारीस्वरूप २२ मंसीरमा माधवकुमार नेपाल र महासचिव विष्णु पौडेललगायतसँग छलफल गरेका थिए।

दाहालले नेकपाका अर्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि बैठकको अजेण्डाबारे परामर्श गरेका थिए।

यसअघि १८ मंसीरमा बसेको सचिवालय बैठकले १४ मंसीरमा भएको प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तह उपनिर्वाचनबारे सम्बन्धित कमिटीलाई २२ मंसीरभित्र समीक्षात्मक प्रतिवेदन पठाउन निर्देशन गरेको थियो।

आजको बैठकको अध्यक्षता नेकपाका अध्यक्ष पुष्पकमल दाहालले गर्नेछन्।

एपेन्डिसाइटिसको शल्यक्रियापश्चात आराम गरिरहेका प्रधानमन्त्री ओली सचिवालय बैठकमा उपस्थित नहुने बताइएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्