संसद्को गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक घाइते

काठमाडौं। सिंहदरबार पश्चिम मूल ढोकाअघि आज संसद्को सवारी साधनसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।

बिहान सवा ११ बजे गलत दिशाबाट आइरहेको सरकारी नं. प्लेटको सवारीले ठक्कर दिँदा मोटरसाइकलमा सवार यात्रु महोत्तरीका २२ वर्षीय सलन बरालको दुवै गोडामा गम्भीर चोट लागेको ट्राफिक प्रहरी प्रभाग सिंहदरबारले जनाएको छ । घाइते बरालको काठमाडौं मोडेल अस्पताल प्रदर्शनीमार्गमा उपचार भइरहेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखातर्फ जाँदै गरेको प्रदेश ३–०२, ००२ प, ९८७० नं. को मोटरसाइकललाई पुतलीसडक तिरबाट आएको सङ्घीय संसद् सचिवालयको सरकारी नं. प्लेटको प्रदेश ३–०१, ००२ झ, ४८७९ नं. स्कार्पियो गाडीले ठक्कर दिएको थियो ।

सो गाडी संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले चढ्ने गरेको महानगरीय ट्राफिक प्रहरी प्रभाग सिंहदरबारका प्रहरी जवान हेमन्त आचार्यले जानकारी दिए।

लेन अनुशासन पालना नगरेमा ५०० देखि एक हजार ५०० रूपैयाँसम्म जरिवाना लेखिएको बोर्डलाई देब्रे पारेर सरकारी गाडी गलत दिशाबाट आइरहेको थियो। गाडीको अगाडितिर सिसामा सङ्घीय संसद् सचिवालय लेखिएको कागजको पास राखिएको थियो ।

संसद् सचिवालयकै गाडी भए पनि कानूनअनुसार नै कारबाही गरिने प्रभागका प्रमुख प्रहरी निरीक्षक प्रकाश सिंहले जानकारी दिए। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्