पार्टीको महाधिवेशन एक वर्ष सर्छ: महामन्त्री काेइराला
विराटनगर। नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले पार्टीको महाधिवेशन एक वर्ष सर्ने बताएका छन्।

विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले उपनिर्वाचनमा देखिएको परिणामबाट पार्टी बलियो भयो भन्न सकिने अवस्था नरहेको भन्दै निर्वाचनमा विभिन्न समूहको सहयोग रहेको चर्चा गरे ।

नेपाली कांग्रेसले सकारात्मक प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको छ भन्दै उनले पार्टीले सरकारसँग सहमतिबाटै अगाडि बढ्न चाहेकोमा जोड दिए। महामन्त्री कोइरालाले द्वन्द्वबाट कसैलाई पनि फाइदा नहुने भएकाले नै नेपाली कांग्रेसले सहमतिको बाटो पहिल्याएको बताउँदै संविधान र सङ्घीयताको रक्षा गर्न सबै दल एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

उनले आफू धर्म निरपेक्ष तथा सापेक्षभन्दा पनि धर्म स्वतन्त्र हुनुपर्छ भन्ने पक्षमा अडिग रहेको प्रस्ट पार्दै सरकारले दुई तिहाइ बहुमतको जस्तो कार्य गर्न नसकेको टिप्पणी गरे । रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्