काठमाडौं। कोरोना भाइरस सङ्क्रमणको उत्पत्तिस्थल मानिएको चीनको वुहान सहर पुगेको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको विशेषज्ञ टोलीले आज शुक्रबार त्यहाँका अधिकारीसँग छलफल गर्नेछ।
डब्ल्यूएचओले ट्विटरमा विशेषज्ञ टोलीले चिनियाँ अधिकारीसँग वार्ता गरेपछि औद्योगिक तथा अन्य केही क्षेत्रको भ्रमण पनि गर्ने उल्लेख गरेको छ। टोलीको कार्यक्रमको सबै विवरण भने सार्वजनिक गरिएको छैन।
डब्ल्यूएचओ विशेषज्ञ टोलीले चीनको सम्बद्ध अधिकारीहरूसँग आवश्यक विस्तृत आँकडा प्रदान गर्न अनुरोध गरेको छ। सुरुमा टोलीले कोरोना सङ्क्रमित केही व्यक्तिसँग कुराकानी गर्नेछ।
डब्ल्यूएचओले ट्विटमा लेखेको छ– “सबै सम्भावनाबारे विचार गरिनेछ। किनकि, टोलीले कोरोना भाइरसको आरम्भस्थल पत्ता लगाउने कामका लागि वैज्ञानिक आधारलाई अंगीकार गर्नेछ।”
टोलीले शुक्रबारदेखि नै क्षेत्रगत भ्रमण गर्नेछ। भ्रमणका क्रममा आवश्यक आँकडा चिनियाँ अधिकारीले उपलब्ध गराउने डब्ल्यूएचओको विश्वास छ।
चीन पुगेपछि डब्ल्यूएचओ टोली दुई साता क्वारेन्टिनमा बसेको थियो। यसबीच उनीहरूले चिनियाँ वरिष्ठ अधिकारीसँग भिडियो कन्फरेन्सका माध्यमबाट संवाद पनि गरेका थिए। डब्ल्यूएचओले बिहीबार आफ्नो टोली अस्पताल, हुनानको सि-फुड मार्केटका साथै अन्य बजारको भ्रमणसमेत गर्नेछ, जहाँ सङ्क्रमणको पहिलो घटना फेला परेको थियो।
यसका साथै, वुहान इन्स्टिच्युट अफ भाइरोलोजी तथा वुहान रोग नियन्त्रण केन्द्रको प्रयोगशाला पनि टोली जानेछ। चीनमा शुक्रबार कोरोनाको ३६ नयाँ सङ्क्रमित फेला परेका छन्।
आगामी दिन सङ्क्रमणको अवस्था हेरेर चीनले विशेष सतर्कता अपनाउने बताइएको छ।
एजेन्सी
" /> काठमाडौं। कोरोना भाइरस सङ्क्रमणको उत्पत्तिस्थल मानिएको चीनको वुहान सहर पुगेको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको विशेषज्ञ टोलीले आज शुक्रबार त्यहाँका अधिकारीसँग छलफल गर्नेछ।डब्ल्यूएचओले ट्विटरमा विशेषज्ञ टोलीले चिनियाँ अधिकारीसँग वार्ता गरेपछि औद्योगिक तथा अन्य केही क्षेत्रको भ्रमण पनि गर्ने उल्लेख गरेको छ। टोलीको कार्यक्रमको सबै विवरण भने सार्वजनिक गरिएको छैन।

">