काठमाडौं। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुरू भएको छ।

नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित छन्। बैठक नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसिरहेको छ।

“प्रधानमन्त्री ज्यूबाहेक सबै नेताहरू बैठकमा सहभागी हुनुहुन्छ”, धुम्वाराही स्रोतले भन्यो।

यसअघि नेकपाको प्रायः बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएकोमा दुई अध्यक्षबीच जिम्मेवारी बाँडफाँड भएसँगै धुम्बाराहीस्थित नेकपाको कार्यालयमा बैठक बस्ने निर्णय भएको थियो। सोही अनुसार १८ मंसीरमा दाहालको अध्यक्षतामा धुम्बाराहीमा सचिवालय बैठक बसेको थियो।

जिम्मेवारी बाँडफाँडपछि दाहालको अध्यक्षतामा बसेको यो दोस्रो बैठक हो।

बैठकले साङ्गठनिक एकीकरणका बाँकी कामलाई टुङ्ग्याउने बताइएको छ। बैठकमा उपनिर्वाचनका विषयमा पनि समीक्षा हुनेछ।

उपनिर्वाचनका बारेमा तल्लो कमिटीबाट आएका प्रतिवेदनको आधारमा सचिवालयले समीक्षा गर्ने कार्ययोजना यसअघि नै तय भएको थियो। यसअघिको सचिवालय बैठकले उपनिर्वाचनका बारेमा तल्ला कमिटीलाई प्रतिवेदन पठाउन निर्देशन दिएको थियो।

सचिवालय बैठकमा सभामुख चयन प्रक्रियाको विषयले पनि प्रवेश पाउन सम्भावना रहेको छ। तत्कालीन सभामुख कृष्णबहादुर महराला बलात्कार अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएसँगै प्रतिनिधिसभा सभामुखविहीन छ।

" /> काठमाडौं। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुरू भएको छ।

"> नेकपाको सचिवालय बैठक धुम्बाराहीमा जारी: Dekhapadhi
नेकपाको सचिवालय बैठक धुम्बाराहीमा जारी

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्