फिनल्याण्डकी सान्ना मरिन विश्वकै कान्छी प्रधानमन्त्री बन्दै
<p>काठमाडौं। फिनल्यान्डकी ३४ वर्षीया सान्ना मरिन विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री हुने भएकी छन्। फिनल्याण्डमा उनको नेतृत्वमा बन्न लागेको गठबन्धन सरकारमा सहभागी हुने अन्य दलको नेतृत्व पनि महिलाले नै गर्ने भएका छन्।</p>
<p>प्रधानमन्त्री आन्ती रिन्नेले राजिनामा दिएपछि सोशल डेमोक्रेटिक पार्टीले यातायातमन्त्री रहेकी मरिनलाई सरकारको नेतृत्व गर्न दिने निर्णय गरेको हो। मरिनले यसै साता पदभार ग्रहण गर्ने बताइएको छ। नयाँ गठन हुने सरकारमा पाँचवटा दल सहभागी हुँदैछन्।</p>
<p> </p>
<p> </p>
प्रतिक्रिया दिनुहोस्