साग महिला फुटबलमा नेपाललाई फेरि रजत
काठमाडौं। दक्षिण एशियाली खेलकुद (साग) मा नेपाली महिला फुटबल पुनः एकपटक रजत पदकमा चित्त बुझाउन बाध्य भएको छ।

१३औं सागअन्तर्गत आज पोखरा रंगशालामा सम्पन्न फाइनलमा नेपाल भारतसँग २–० ले स्तब्ध बनेको हो।

भारतका लागि  दुवै गोल बाला देवीले गरेकी हुन्।

साग महिला फुटबलको फाइनलमा नेपाल भारतसँग पराजित भएको यो तेस्रो पटक हो।

साग महिला फुटबलमा तीनै संस्करणमा स्वर्ण पदक भारतले जितेको छ।

पछिल्लो ९ महीनामा नेपालले भारतसँग पाचौँ पटक प्रतिस्पर्धा गरेको हो। यसअघि सागकै लिग चरणमा भारतसँग प्रतिस्पर्धा गरेको नेपालले ओलम्पिक छनोटको दोस्रो चरण पनि खेलेको थियो।

त्यस्तै पाचौँ महिला साफ च्याम्पियनसिपमा पनि नेपाल र भारतले प्रतिस्पर्धा गरेको थियो। तर, नेपालले कुनै पनि खेलमा विजयी नतिजा निकाल्न सकेको छैन।

त्यसअघि भारतमै सम्पन्न हिरो गोल्डकपमा नेपालले भारतमाथि जित निकालेको थियो।

राउण्ड रोबिन लिग चरणमा नेपालले श्रीलंकामाथि १–० को नतिजा निकाल्दा माल्दिभ्समाथि ३–० को जित निकालेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्