बुडापेष्ट। हङ्गेरी कोरोनाभाइरसविरुद्ध चिनियाँ खोप पनि प्रयोग गरिने भएको छ। हङ्गेरीका सरकारी अधिकारीहरूले चिनियाँ खोप प्रयोग गर्ने निर्णय गरेका हुन्। उनीहरूले चीनमा विकास गरिएको सिनोफार्म खोप प्रयोग गर्ने निर्णय गरिएको शुक्रबार जानकारी दिएका छन्।
हङ्गेरीका प्रमुख मेडिकल अधिकृत सेसिलिया मुलरले शुक्रबार भनिन्, “राष्ट्रिय फार्मेसी तथा पोषण इन्स्टिच्युटले आज चिनियाँ सिनोफार्म खोप प्रयोग गर्ने निर्णय गरेको छ।”
यसबाहेक हङ्गेरीमा फाइजर बायोएनटेकले विकास गरेको खोप, बेलायतमा विकास गरिएको र रुसमा विकास गरिएको खोपलाई पनि प्रयोगका लागि यसअघि नै अनुमति दिइसकिएको छ। विश्वभर महामारीका रूपमा फैलिएको कोरोनाभाइरसका विरुद्धमा अरू पनि धेरै वैज्ञानिकहरूले खोप विकास गर्ने प्रयास गरिरहेका छन्।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले गत मङ्लबार दिएको जानकारीअनुसार अहिले विश्वभर २३६ प्रकारका खोप विकास गरिएको छ भने तीमध्ये ६३ ओटा चिकित्सकीय परीक्षणको क्रममा रहेका छन्।
रासस/सिन्ह्वा
" /> बुडापेष्ट। हङ्गेरी कोरोनाभाइरसविरुद्ध चिनियाँ खोप पनि प्रयोग गरिने भएको छ। हङ्गेरीका सरकारी अधिकारीहरूले चिनियाँ खोप प्रयोग गर्ने निर्णय गरेका हुन्। उनीहरूले चीनमा विकास गरिएको सिनोफार्म खोप प्रयोग गर्ने निर्णय गरिएको शुक्रबार जानकारी दिएका छन्।हङ्गेरीका प्रमुख मेडिकल अधिकृत सेसिलिया मुलरले शुक्रबार भनिन्, “राष्ट्रिय फार्मेसी तथा पोषण इन्स्टिच्युटले आज चिनियाँ सिनोफार्म खोप प्रयोग गर्ने निर्णय गरेको छ।”

">