काठमाडौं। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सम्बन्धी आधिकारिकतासहित मिडियालाई सूचना प्रवाहको लागि सचिवालयले प्रभावकारी व्यवस्थापन गर्ने बताएका छन्।
आज सिंहदरबारस्थित कार्यकक्षमा पत्रकारहरूसँग भेटघाटका क्रममा सल्लाहकार थापाले प्रधानमन्त्रीको स्वास्थ्यप्रति आम जिज्ञासालाई ध्यान दिएर मिडियामैत्री व्यवस्थापन गरिने जानकारी दिएका हुन्।
थापाले केही मिडियाले प्रधानमन्त्रीको स्वास्थ्यको संवेदनशील विषयलाई असंवेदनशील ढंगबाट अतिरञ्जित ढंगले प्रस्तुत गरिएकोमा आपत्ती जनाएका छन्।
“उच्च स्रोतको हवाला दिएर ब्रेकिङ गर्ने होडमा रेडिमेड समाचार आए”, थापाले भने, “आधिकारिक रूपमा जे हो त्यही आउँदा त चित्त बुझाउने ठाउँ हुन्छ नि।”
प्रधानमन्त्री ओली पछिल्लो समयमा त्रिवि शिक्षण अस्पताल परिसरको मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत् रहँदा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको बारेमा यथासक्य अस्पताल र उपचारमा संलग्न डाक्टरहरूबाटै जानकारी गराउने प्रयास गरिएको प्रेस सल्लाहकार थापाले बताए।
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण या नियमित डायलासिसको विकल्प रहेपनि मिर्गौला प्रत्यारोपणका लागि बाहिर या कहाँ लैजाने भन्ने विषयमा अहिले केही छलफल नभएको थापाले बताएका छन्।