झुपडीमा बस्दै आएका डोम परिवारलाई पक्की घर

सिरहा। सिरहाको लहानमा बस्दै आएका विपन्न गरीब डोम समुदायलाई पक्की घर हस्तान्तरण गरिएको छ।

तराई/मधेश समृद्धि कार्यक्रम अन्तर्गत लहान नगरपालिका–५ खुट्टीखोलाको वलुवा टोलमा बस्दै आएका डोम परिवारलाई पक्की घर हस्तान्तरण गरिएको हो।

कार्यक्रम अन्तर्गत एकीकृत वस्ती निर्माण गर्दै हस्तान्तरण गरेको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तराई/मधेस समृद्धि कार्यक्रमको ९० लाख र नगरपालिका तथा उपभोक्ता समितिको ९ लाख २ हजार गरी ९९ लाख २ हजार रूपैयाँको लागतमा निर्माण गरेको १० मध्ये ५ वटा डोम परिवारलाई हस्तान्तरण गरेको छ।

प्रमाणपत्र र साँचोसहित नवनिर्मित एकीकृत वस्तीको ५ वटा घर लहान नगरपालिकाका मेयर मुन्नी साहले हस्तान्तरण गरे। एकीकृत पक्की भवनमा २ वटा सुत्ने कोठा, १ वटा भान्सा, शौचालय र बरण्डा रहेको छ।

घर हस्तान्तरण गर्दै मेयर साहले छोराछोरीको शिक्षा र सरसफाईमा पनि विशेष ध्यान दिन उनीहरूलाई आग्रह गरे। पक्की घर पाउनेमा लहान नगरपालिका–५ का दहनी मरिक, जोगेन्द्र मरिक, विनोद मरिक, प्रमोद कुमार मरिक र धनसीं मरिक रहेका छन्।

प्रतिक्रिया दिनुहोस्