जेरुसेलम। इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरसविरुद्धको खोप लगाउने व्यक्तिको संख्या इजरायलमा ३० लाख नाघेको जानकारी दिएको छ।
गत डिसेम्बर २० मा खोप अभियान सुरु भएयता कूल जनसंख्याको करिब ३२ प्रतिशतले खोप लगाइसकेका छन्। इजरायलको जनसंख्या करिब ९३ लाख रहेको छ।
मन्त्रालयका अनुसार ७० वर्ष र सोभन्दा बढी उमेरका ९० प्रतिशतभन्दा बढी व्यक्तिले खोप लिइसकेका छन्। इजरायलमा कोभिड-१९ बाट संक्रमितको कूल संख्या छ लाख ४० हजार नाघेको छ जसमध्ये ७२ हजार व्यक्तिमा सक्रिय संक्रमण छ।
इजरायलमा कोभिड-१९ संक्रमितमध्ये चार हजार सात सय ४५ जनाको मृत्यु भएको छ भने गम्भीर अवस्थामा रहेका व्यक्तिको संख्या एक हजार एक सय ६२ छ। कोभिड-१९ संक्रमितमध्ये पाँच लाख ६४ हजार संक्रमणमुक्त भएका छन्। रासस/सिन्ह्वा
" /> जेरुसेलम। इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरसविरुद्धको खोप लगाउने व्यक्तिको संख्या इजरायलमा ३० लाख नाघेको जानकारी दिएको छ।गत डिसेम्बर २० मा खोप अभियान सुरु भएयता कूल जनसंख्याको करिब ३२ प्रतिशतले खोप लगाइसकेका छन्। इजरायलको जनसंख्या करिब ९३ लाख रहेको छ।

">