दक्षिण अफ्रिकाकी तुन्जी बनिन् मिस युनिभर्स

काठमाडौं। मिस युनिभर्स २०१९ को ताज दक्षिण अफ्रिकाकी सुन्दरी २६ वर्षीया जोजिबीनी तुन्जीले जितेकी छन्।

जर्जियाको एटलान्टामा भएको प्रतियोगितामा मिस युनिभर्सको ताज जितेकी तुन्जीलाई महिला सशक्तीकरणका विषयमा आवाज उठाउने महिलाका रूपमा चित्रण गरिएको छ।

उनले आफ्नो भाषणमा युवापुस्तालाई आत्मविश्वास बनाउनुपर्ने धारणा राखेकी थिइन्।

उनले भनेकी छन्, “म यस्तो संसारमा हुर्के कि, जहाँ मेरो छाला र कपालको बनावट भएकी महिलालाई कहिल्यै सुन्दर मानिँदैन्, तर अब यस्तो समय नरहेको मलाई लाग्छ।”

उनले ९० प्रतिस्पर्धीलाई हराउँदै ६८औं मिस युनिभर्सको ताज पहिरिएकी हुन्। उनलाई फिलिपिन्सकी क्याट्रीओना ग्रेले ताज पहिराइदिइन्। ग्रे सन् २०१८ की मिस युनिभर्स विजेता हुन्।

नेपालबाट प्रदीप्ता अधिकारीले मिस युनिभर्स २०१९ मा सहभागिता जनाएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्