ढाका। बङ्गलादेशमा आइतबारसम्ममा ८९.६५ प्रतिशत कोभिड-१९ सङ्क्रमित निको भई घर फर्किएका छन् भने मृत्यु दर १.५२ प्रतिशत रहेको छ। अहिलेसम्म यहाँ पाँच लाख ३५ हजार १३९ व्यक्तिमा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको यहाँको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।
बङ्गलादेशमा अहिलेसम्म आठ हजार एक सय २७ कोभिड सङ्क्रमितको मृत्यु भएको पुष्टि गरिएको छ। सरकारले विगत २४ घण्टामा थप तीन सय ३९ व्यक्ति कोभिड-१९ सङ्क्रमित भएको पुष्टि गरेको छ। यो अघिल्लो हप्ताको आइतबारको तुलनामा निकै कम हो। सरकारले कोभिड-१९ सङ्क्रमण रोक्न खोप दिन लागेसँगै तथ्याङ्कले सङ्क्रमितको सङ्ख्यामा कमी देखाएको छ।
एसियाली यो मुलुकमा विगत २४ घण्टामा १२ हजार दुई सय २५ जनाको कोभिड-१९ परीक्षण गरेको महानिर्देशनालयले जनाएको छ। बङ्गलादेशमा अहिलेसम्म कूल चार लाख ७९ हजार सात सय ४४ व्यक्ति कोभिड-१९ बाट सङ्क्रमित भई निको भइसकेका छन्। बङ्गलादेशमा आइतबार सङ्क्रमणमुक्त भएका विरामीको सङ्ख्या चार सय ४७ रहेको र यो सोही दिन सङ्क्रमित पुष्टि हुने व्यक्तिको तुलनामा एक सय २२ अङ्कले कम हो। रासस/सिन्ह्वा
" /> ढाका। बङ्गलादेशमा आइतबारसम्ममा ८९.६५ प्रतिशत कोभिड-१९ सङ्क्रमित निको भई घर फर्किएका छन् भने मृत्यु दर १.५२ प्रतिशत रहेको छ। अहिलेसम्म यहाँ पाँच लाख ३५ हजार १३९ व्यक्तिमा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको यहाँको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।बङ्गलादेशमा अहिलेसम्म आठ हजार एक सय २७ कोभिड सङ्क्रमितको मृत्यु भएको पुष्टि गरिएको छ। सरकारले विगत २४ घण्टामा थप तीन सय ३९ व्यक्ति कोभिड-१९ सङ्क्रमित भएको पुष्टि गरेको छ। यो अघिल्लो हप्ताको आइतबारको तुलनामा निकै कम हो। सरकारले कोभिड-१९ सङ्क्रमण रोक्न खोप दिन लागेसँगै तथ्याङ्कले सङ्क्रमितको सङ्ख्यामा कमी देखाएको छ।

">