रुस चार वर्षका लागि प्रतिबन्धित, टोकियो ओलम्पिक र कतार विश्वकप खेल्न नपाउने <p>काठमाडौं। एन्टी डोपिङ एजेन्सी(वाडा)को प्रतिबन्धका कारण रुसले अब चार वर्ष कुनै पनि ठूला खेल प्रतियोगिता खेल्न नपाउने भएको छ। &nbsp;</p> <p>यससँगै २०२० को ओलम्पिक र कतारमा हुने २०२२ को विश्वकप फुटबलमा रुसकाे झण्डा र राष्ट्रिय गीत नबज्ने भएको छ।</p> <p>तथापि डोपिङमा नपर्ने रुसका खेलाडीले ओलम्पिकको झण्डा बोकेर भने प्रतियोगिता खेल्न पाउनेछन्।</p> <p>स्विट्जरल्यान्डको लाउसेनमा सम्पन्न वाडा कार्यकारी समितिको बैठकले सर्वसम्मतरूपमा रुसलाई प्रतिबन्ध लगाउने निर्णय लिएको हो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्