जुडोमा पुनमले जितिन् स्वर्ण

काठमाडाैं। जुडोकी पुनम श्रेष्ठले १३औं दक्षिण एशियाली खेलकुद (साग)मा नेपाललाई अर्को स्वर्ण पदक दिलाएकी छिन्।

आज लगनखेलस्थिन नेपाली सेनाको शारीरिक प्रशिक्षण तथा तालिम केन्द्रमा पुनमले ७८ किलो तौल समूहमा स्वर्ण पदक जितेकी हुन्।

पुनमले भारतकी नबनीत कौर, श्रीलंकाकी विबुसाना गेदारा र भारतकै खानोमलाई पछि पार्दै स्वर्ण पदक जितेकी हुन्।

यसअघि जुडोमै देविका खड्काले ५२ किलो तौल समूहमा स्वर्ण पदक जितेकी थिइन्।

आज नेपालले बक्सिङमा २ र जुडोमा २ गरी ४ स्वर्ण पदक जितिसकेको छ।

जुडोमै आज ७० किलो तौल समूहमा विनिता मगरले रजत पदक जितिन्।

यस स्पर्धामा भारतकी गरिमा चौधरीले स्वर्ण पदक जितिन् भने श्रीलंकाकी भिदानागाले कुमारा र बंगलादेशकी डोउसुङ चौधरीले का‌ंस्य पदक जितिन्।

९० किलो तौल समूहमा नेपालका श्रीराम माकाजुले कांस्य पदक जिते।

यस स्पर्धामा प्रमोद कुमारले स्वर्ण पदक जित्दा पाकिस्तानका क्सिार खानले रजत पदक जिते।

प्रतिक्रिया दिनुहोस्