काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक एक वर्षपछि बस्ने भएको छ।
आज बसेको नेकपाको सचिवालय बैठकले २९ र ३० मंसीरमा स्थायी समिति बैठक बोलाउने निर्णय गरेको हो। बैठक २९ मंसीरमा बिहान ११ बजेदेखि शुरू हुने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
यसअघि २९ मंसीर २०७५ मा नेकपाको स्थायी समितिको पहिलो बैठक बसेको थियो। त्यसयता बैठक बस्न सकेको थिएन।
नेकपा प्रवक्ता श्रेष्ठका अनुसार २९ मंसीरको स्थायी समिति बैठकअघि २७ मंसीरमा सचिवालय बैठक बस्नेछ ।
१८ मंसीरमा बसेको सचिवालय बैठकले उपनिर्वाचन भएका स्थानको कमिटीलाई २२ गतेभित्र समीक्षात्मक प्रतिवेदन पठाउन भनेपनि सबै ठाउँबाट नआएकाले पाँच दिनभित्र अनिवार्य प्रतिवेदन पठाउन निर्देशन दिने निर्णय पनि गरेको श्रेष्ठले बताए।
“प्रतिवेदन प्राप्त भएपछि यस सम्बन्धमा औपचारिक प्रस्ताव छलफल र निर्णयका लागि महासचिवले अर्काे बैठकमा प्रस्तुत गर्ने निर्णय गरिएको छ”, बैठकपछि नेकपा प्रवक्ता श्रेष्ठले भने।
बैठकमा संगठन विभागको तर्फबाट एक कार्ययोजना प्रस्ताव पेश भएको छ। प्रस्तावमा सचिवालय सदस्यहरूले पार्टी अध्यक्षलाई सुझाव दिने र सुझावका विषयमा संगठन विभागसँगको परामर्शमा अध्यक्षहरूले निर्णय गर्ने उनले बताए।
यसैगरी, केन्द्रीय सल्लाहकार कमिटी, जेष्ठ कम्युनिस्ट मञ्च, निर्वाचन आयोग लगायतका प्रमुख÷उपप्रमुखहरूको पूर्णताका लागि ७ दिनभित्र महासचिवमार्फत पठाउने निर्णय भएको नेकपा प्रवक्ता श्रेष्ठले बताए।
सचिवालय बैठकले नेकपाको कर्णाली प्रदेश सचिवबाट माया प्रसाद शर्माले दिएको राजीनामा अस्वीकृत गरी यथावत काममा फर्कन निर्देशन समेत दिएको श्रेष्ठले बताए।
नेकपाको केन्द्रीय समिति बैठक पनि १८ महीनादेखि बस्न सकेको छैन।
आजको बैठकमा सभामुख चयनका विषयमा समेत छलफल हुने भनिएपनि त्यो विषयले बैठकमा प्रवेश नै पाएन। “त्यस विषयमा (सभामुख चयन) आजको बैठकमा कुनै छलफल भएन”, नेकपा प्रवक्ता श्रेष्ठले भने।
आजको बैठकमा प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित थिए। बैठक अर्का अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको थियो।