कञ्चनपुर। कोरोना भाइरस नियन्त्रणका लागि गत वर्ष चैतदेखि नेपाल-भारत सीमानाकामा गरेको कडाइ सरकारले खुलाउने निर्णय गरे पनि कार्यान्वयनमा आइसकेको छैन।
मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिममा रहेका नेपाल-भारतमा सीमानाका खुला गरे पनि यात्रुलाई भने स्थानीय प्रशासनले सहजरुपमा आवागमन गर्न नदिएको गुनासो छ।
कञ्चनपुरसित जोडिएको गड्डाचौकी नाका र डोकेबजार नाकाबाट भारतमा मजदुरीका लागि जाने नेपालीलाई प्रक्रिया पूरा गरेर जान दिइए पनि यात्रा भने सहज नभएको भनाइ छ। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले सीमानाका निर्वाधरुपमा खुला नरहेको जानकारी दिए।
“मन्त्रिपरिषद्ले गरेको निर्णयका विषयमा हामीले बोल्न मिल्दैन,” उनले भने, “औषधोपचारलगायत अत्यावश्यक कामका लागि हामीले सिफारिस गरेका आधारमा भारत आउने/जाने भइरहेको छ।”
उनले नाका सञ्चालन भएका विषयमा प्रशासन कार्यालयले सूचनासमेत जारी नगरेको बताए। भारत जाने नेपालीलाई भारतीय पक्षबाट पनि यहाँका नाकामा रोकतोक छैन। कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जङ्गबहादुर मल्लले नाका खुलाउने विषयमा भारतीय पक्षसित पनि समन्वय हुनुपर्नेमा जोड दिए।
“मन्त्रिपरिषद्को निर्णयले यहाँ झन् अलमल जस्तो भयो,” अध्यक्ष मल्लले भने, “नेपाली पक्षले मात्रै खुलाएर भएन भारतीय पक्षसित पनि समन्वय गरेर नाका निर्वाधरुपमा सञ्चालन गर्नुपर्छ।” रासस
" /> कञ्चनपुर। कोरोना भाइरस नियन्त्रणका लागि गत वर्ष चैतदेखि नेपाल-भारत सीमानाकामा गरेको कडाइ सरकारले खुलाउने निर्णय गरे पनि कार्यान्वयनमा आइसकेको छैन।मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिममा रहेका नेपाल-भारतमा सीमानाका खुला गरे पनि यात्रुलाई भने स्थानीय प्रशासनले सहजरुपमा आवागमन गर्न नदिएको गुनासो छ।

">