दक्षिण सुडानका सभामुखद्वारा राजीनामा
सुडान। सांसदहरूको अत्यधिक दबाब र चेतावनीपछि दक्षिणी सुडानका सभामुखले पदबाट राजीनामा दिएका छन्।

कार्यकुशलता प्रदर्शन गर्न नसकेको र भ्रष्टाचारविरुद्धको लडाइँमा अवरोधक भएको आरोप लगाउँदै राजीनामा गर्न सांसदहरूले दबाब दिएका हुन्।

स्थानीय सञ्चारमाध्यमहरूले आज सम्प्रेषण गरेको समाचारअनुसार सभामुख एन्थोनी लिनो माकानालाई महालेखा परीक्षक र भ्रष्टाचारविरुद्धका प्रतिवेदनहरूलाई संसदमा छलफल गर्न नदिइएको भन्दै राजीनामा गर्न दबाब दिइएको हो।

उनलाई अफ्रेक्षिम बैंकबाट अनाधिकृतरूपमा करोडौँ रुपैयाँ गलत तरिकाले लिएको आरोप पनि लगाइएको छ।

सांसदहरुले माकानाका विरुद्धमा संकलन गरेको दस्तावेजहरू समेत संसदमा पेश गरेपछि उनले राजीनामा दिनु परेको हो।

“मैले सत्तारुढ दल एसपीएलएम पार्टीको नेतृत्वको आग्रहअनुसार राजीनामा दिएको हुँ,” दक्षिण सुडान रेडियोलाई आज दिएको अन्तर्वार्ताका क्रममा उनले भने।

दक्षिणी सुडानमा भ्रष्टाचार अनियन्त्रित भएको बताउने गरिएको छ।

सन् २०११ मा स्वतन्त्र भएको दक्षिण सुडान दुई वर्ष अगाडिदेखि गृह युद्धमा फसेको छ। रासस/एएफपी

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्