काठमाडौं। १३औं दक्षिण एशियाली खेलकुदको भोलि, २४ मंसीरमा हुने समापन समारोह एक घण्टा ३० मिनेटको हुनेछ। १५ मंसीरदेखि जारी १३औं साग २४ मंसीरमा त्रिपुरेश्वरस्थित् दशरथ रंगशालामा फुटबलको फाइनलसँगै समापन हुनेछ।

स्वर्ण पदकका लागि नेपाल र भुटानबीच दिउँसो तीन बजे पुरूष फुटबलको फाइनल खेल हुनेछ। फुटबल सकिएलगत्तै समापन समारोह शुरू हुनेछ।

समापन समारोहमा ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, सदस्यसचिव रमेशकुमार सिलवाल, युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार र प्रमुख अतिथि उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले सम्बोधन गर्नेछन्। प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फेरेन्समार्फत् सम्बोधन गर्ने राखेप सदस्य सचिव सिलवालले बताए।

सदस्यसचिव सिलवालले प्रधानमन्त्री ओलीले २५ मंसीरमा पदक विजेता खेलाडीका लागि अहिलेसम्मकै सबभन्दा ठूलो पुरस्कार रकमसहित सम्बोधन गर्ने बताए। उनले १० दिनसम्म काठमाडौं, पोखरा र जनकपुरमा भएको प्रतियोगिताको व्यवस्थापनबाट आफू सन्तुष्ट भएको बताए।

“सबै देशबाट आएका सेफ दी मिसनका प्रमुखहरूले अहिलेसम्मकै उत्कृष्ट भनेर प्रतिक्रिया दिएका छन्”, सदस्यसचिव सिलवालले भने, “नेपालले हासिल गरेको नतिजा त सबैले देखिरहनु भएकै छ। व्यवस्थापनको पाटोमा पनि व्यक्तिगत रूपमा म सन्तुष्ट छु।”

भीआईपीतर्फ एक हजार र सर्वसाधारणतर्फ ८ हजार टिकट वितरण

सदस्यसचिव सिलवालले समापन समारोहलाई थप व्यवस्थापन गरिने बताए। उनले रंगशालाको सिट क्षमता १५ हजार भएपनि सर्वसाधारणतर्फ ८ हजार र भीआईपीतर्फ एक हजार टिकट मात्र विक्रि गरिएको बताए।

‘भीभीआईपीतर्फ पनि अत्यावश्यक पास मात्र वितरण गरेका छौं। त्यसबाहेकका अन्य कसैलाई पनि प्रवेश गर्न दिनेछैनौं”, सदस्यसचिव सिलवालले भने, “भित्र प्रवेश गर्न नपाउने साथीहरूलाई हामीले विभिन्न स्थानको ठूला स्क्रिनमा लाइभ प्रसारण गर्ने व्यवस्था गरेका छौं। त्यसमा हेरेर सहयोग गरिदिनुहुन अनुरोध छ।”

सर्वधारणतर्फको दर्शकलाई नेपाली सेनाको गेटबाट प्रवेश गर्ने व्यवस्था गरिएको छ। त्यस्तै भुटानी समर्थकका लागि छुट्टै जोनको व्यवस्थापन गरिएको सदस्यसचिव सिलवालले बताए। उनलले थपे, “उत्तरतर्फका सम्पूर्ण गेट बन्द गरिनेछ। हाम्रा कर्मचारीहरूलाई पनि विना कार्ड प्रवेश छैन।”

समापन समारोहमा आयोजक राष्ट्र नेपालले पाकिस्तानलाई झण्डा हस्तान्तरण गर्नेछ। प्रत्येक दुई वर्षको अन्तरालमा हुने प्रतियोगिताको आयोजना अब पाकिस्तानले गर्नेछ। भव्य आतासबाजीसहित १३औं संस्करणको समापन समारोह सकिनेछ।

सागको समापनकै दिन दशरथ रंगशालामा सांसद ११ र कर्मचारी ११ बीचको फुटबल हुनेछ।

" /> काठमाडौं। १३औं दक्षिण एशियाली खेलकुदको भोलि, २४ मंसीरमा हुने समापन समारोह एक घण्टा ३० मिनेटको हुनेछ। १५ मंसीरदेखि जारी १३औं साग २४ मंसीरमा त्रिपुरेश्वरस्थित् दशरथ रंगशालामा फुटबलको फाइनलसँगै समापन हुनेछ।

स्वर्ण पदकका लागि नेपाल र भुटानबीच दिउँसो तीन बजे पुरूष फुटबलको फाइनल खेल हुनेछ। फुटबल सकिएलगत्तै समापन समारोह शुरू हुनेछ।

समापन समारोहमा ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, सदस्यसचिव रमेशकुमार सिलवाल, युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार र प्रमुख अतिथि उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले सम्बोधन गर्नेछन्। प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फेरेन्समार्फत् सम्बोधन गर्ने राखेप सदस्य सचिव सिलवालले बताए।

सदस्यसचिव सिलवालले प्रधानमन्त्री ओलीले २५ मंसीरमा पदक विजेता खेलाडीका लागि अहिलेसम्मकै सबभन्दा ठूलो पुरस्कार रकमसहित सम्बोधन गर्ने बताए। उनले १० दिनसम्म काठमाडौं, पोखरा र जनकपुरमा भएको प्रतियोगिताको व्यवस्थापनबाट आफू सन्तुष्ट भएको बताए।

“सबै देशबाट आएका सेफ दी मिसनका प्रमुखहरूले अहिलेसम्मकै उत्कृष्ट भनेर प्रतिक्रिया दिएका छन्”, सदस्यसचिव सिलवालले भने, “नेपालले हासिल गरेको नतिजा त सबैले देखिरहनु भएकै छ। व्यवस्थापनको पाटोमा पनि व्यक्तिगत रूपमा म सन्तुष्ट छु।”

भीआईपीतर्फ एक हजार र सर्वसाधारणतर्फ ८ हजार टिकट वितरण

सदस्यसचिव सिलवालले समापन समारोहलाई थप व्यवस्थापन गरिने बताए। उनले रंगशालाको सिट क्षमता १५ हजार भएपनि सर्वसाधारणतर्फ ८ हजार र भीआईपीतर्फ एक हजार टिकट मात्र विक्रि गरिएको बताए।

‘भीभीआईपीतर्फ पनि अत्यावश्यक पास मात्र वितरण गरेका छौं। त्यसबाहेकका अन्य कसैलाई पनि प्रवेश गर्न दिनेछैनौं”, सदस्यसचिव सिलवालले भने, “भित्र प्रवेश गर्न नपाउने साथीहरूलाई हामीले विभिन्न स्थानको ठूला स्क्रिनमा लाइभ प्रसारण गर्ने व्यवस्था गरेका छौं। त्यसमा हेरेर सहयोग गरिदिनुहुन अनुरोध छ।”

सर्वधारणतर्फको दर्शकलाई नेपाली सेनाको गेटबाट प्रवेश गर्ने व्यवस्था गरिएको छ। त्यस्तै भुटानी समर्थकका लागि छुट्टै जोनको व्यवस्थापन गरिएको सदस्यसचिव सिलवालले बताए। उनलले थपे, “उत्तरतर्फका सम्पूर्ण गेट बन्द गरिनेछ। हाम्रा कर्मचारीहरूलाई पनि विना कार्ड प्रवेश छैन।”

समापन समारोहमा आयोजक राष्ट्र नेपालले पाकिस्तानलाई झण्डा हस्तान्तरण गर्नेछ। प्रत्येक दुई वर्षको अन्तरालमा हुने प्रतियोगिताको आयोजना अब पाकिस्तानले गर्नेछ। भव्य आतासबाजीसहित १३औं संस्करणको समापन समारोह सकिनेछ।

सागको समापनकै दिन दशरथ रंगशालामा सांसद ११ र कर्मचारी ११ बीचको फुटबल हुनेछ।

"> यस्तो हुनेछ १३औं सागको समापन समारोह : Dekhapadhi
यस्तो हुनेछ १३औं सागको समापन समारोह

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्